पारस खड्काकाे बिराटनगर ईपीएल क्रिकेटको फाइनलमा


१२ पुष २०७४, बुधबार
parash khadga

काठमाडौं : नेपाली राष्ट्रिय टिमको कप्तानीमा रहेको विराटनगर बारियर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । parash khadga
बुधबार भएको पहिलो क्वालिफायरमा भैरहवा ग्लार्डिटर्समाथि ८ विकेटको जित हात पार्दै विरानगर फाइनलमा पुगेको हो ।
पहिलो ब्याटिङ गरेको भैरहवाले दिएको १२८ रनको लक्ष्य बिराटनगरले १७ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।  विराटनगरको लागि अंशुमान रथले २६ तथा बाबर हायातले ६२ रन बनाए । भने कप्तान पारसले ४२ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । उसका सुरुवात निकै खराब थियो । २७ रन जोड्दा चार विकेट गुमाएको भैरहवाको पारी आरिफ शेख र पुनित मिश्रले सम्हाले ।
दुबैले पाँचौं विकेटका लागि ८२ रनको साझेदारी गरे । आरिफ ४६ रनमा आउट भए । सातौं विकेटका रुपमा आउट हुनु अघि पुनितले ४९ रन बनाए । भैरहवाका अन्य ब्याट्सम्यान चल्न सकेनन् । कप्तान शरद भेषावकर समेत ७ रनमा आउट भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७