सरकारी कार्यालयभित्रै महिला कर्मचारीकाे ज्यूँदै जलाई हत्या


१९ कार्तिक २०७६, मंगलवार
924a703ee0fa511d397266803d362a19 w1000 h500 cp

काठमाडौं, १९ कार्तिक । नेपालका एक सांसदले ज्यूँदै कामदारलाई इँटाभट्टामा जलाएको मुद्दामा बहस चलिरहेका बेला छिमेकी देश भारतमा यस्तै क्रुर घटना घटेको छ ।

भारतको दक्षिणी राज्य तेलङ्गानामा सम्पत्तिसम्बन्धी विवादमा एक महिला राजश्व अधिकारीलाई ज्यूँदै जलाएर हत्या गरिएको छ ।

विजया रेड्डी नामक ती महिला अधिकारीलाई सरकारी कार्यालयभित्र सोमवार जिउँदै जलाएर हत्या गरिएको छ । उनलाई जोगाउन खोज्ने एक अर्का पुरुष कर्मचारीको पनि मङ्गलबार उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीले शंकास्पद आक्रमणकारीलाई नियन्त्रणमा लिइएको जनाएको छ । सोमवार दिउँसो अदालतको एउटा सुनुवाइबाट फर्किएपछि रेड्डीमाथि साङ्घातिक आक्रमण गरिएको थियो ।

उनकै कार्यालयमा भेट्न आएका के सुरेश नाम गरेका व्यक्तिले आक्रमण गरेको प्रहरीको भनाइ छ । रेड्डीलाई जोगाउन गएका दुई कर्मचारी पनि आगोले पोलेर घाइते भएका थिए ।
घटनाको विरोध गर्दै तेलङ्गानामा कार्यरत राजस्व सेवाका कर्मचारीहरूको सङ्गठनले तीन दिनसम्म काममा नजाने घोषणा गरेको खबर बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७