कालीमाटी-टंकेश्वर खण्ड चाँडो कालोपत्र हुन्छ : जीवनराम श्रेष्ठ


प्रकाशित मिति : December 27, 2017

काठमाडौं : नेकपा (एमाले) का नेता जीवनराम श्रेष्ठले कालीमाटी–टंकेश्वर सडकखण्डलाई चाँडो कालोपत्र गरिने बताएका छन ।

उक्त स्थानमा स्थानीयवासी सडक विभागका इञ्जिनियरसँग मंगलबार स्थलगत भ्रमण गरेपछि त्यस क्षेत्रमा भएका खाल्डाखुल्डीले आवतजावतमा समस्या भएको बताउँदै कालोपत्रका लागि लागत अध्ययन गर्न इञ्जिनियरलाई निर्देशन दिएका छन ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठले देश र जनतालाई समृद्ध बनाउन भौतिक पूर्वाधार मा जोड दिनुपर्ने बताएका छन ।

मुलुकमा रोजगार वृद्धि गर्न उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने र स्थानीय तहमा युवा उद्यमशीलता तथा महिलाका लागि घरेलु उद्यमका कार्यक्रम सञ्चालन गर्न आर्थिक परियोजनाको खाँचो औल्याएका छन ।

सांसद श्रेष्ठले अल्पकालीन तथा दीर्घकालीन योजनामार्फत सामाजिक सशक्तीकरण सम्भव रहेको विचार व्यक्त गरे । मुलुकमा निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयनमा सहयोग पुगेको बताउँदै श्रेष्ठले वाम गठबन्धनको सरकार गठन भएपछि संक्रमणकालको अन्त्य हुने विश्वास व्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस्