‘नेपाललाई ट्रान्जिट कार्गोको हब बनाउन सकिन्छ’


१९ कार्तिक २०७६, मंगलवार
pariwartan kirati 1

–परिवर्तन किराती     

एक देशदेखी आएको कार्गो अर्को देशसम्म जानको लागि कुनै अर्को देशको भुगोल हवाई मार्ग, जमिन मार्ग र एयरपोर्ट प्रयोग भएर जाने कार्गोलाई ट्रान्जिट भनिन्छ । ट्रान्जिट कार्गो तीन प्रकारले हुने गर्दछ । हवाई, जमिन र समुन्द्रबाट कार्गो गरिन्छ ।
 

हवाई कार्गो एक देशको हवाईमार्ग हुँदै आएको कार्गो अर्काे देशको एयरपोर्ट प्रयोग हुँदै पुन अर्को देशमा जानेलाई जनाउँछ । हवाई मार्गबाट आउने कार्गोहरु हावाइ मार्गबाट मात्र नभइ जमिन समेत प्रयोग गर्न सक्ने प्रबन्ध संसार भरी भएको छ । हवाइ, जमिन र समुन्द्र मध्य जुनसुकै माध्यमबाट कार्गोहरु आउने जाने ब्यवस्था भए पनि सबै भन्दा चाँडो पुग्ने भनेको हवाई मार्ग नै हो ।

यस्तै एक देशको कार्गो अर्को देशमा लैजादा पुन अर्को देशको जमिन प्रयोग हुँदै जाने कार्गोलाई जमिनबाट हुने कार्गो भनिन्छ । यस्तो प्रकारको कार्गोहरु ओरिजिन मुलुकको भन्सार कार्यालयले भन्सारशील लगाई पठाएको हुन्छ । सो भन्सार शील अर्को देश जुनसुकै देशको जमिन प्रयोग भए पनि खोल्न पाउने छैन । जुन देशको लागि पठाइएको हो त्यो देशको भन्सारले मात्रा खोल्न, चेकजाँज गर्न पौने व्यवस्था संसार भरी रहेको छ । प्रायः यस्तो प्रकारको कार्गोहरु समुन्द्र नभएको मुलुकहरुमा हुने गर्दछ । उदाहरणको लागि नेपालमा आउने प्रायः कार्गोहरु भारतको भुमी हुँदै आउँछ ।

तेस्रो मार्गको भनेको समुन्द्र हो । एक देशदेखि आएको कार्गो अर्को देश जानको लागि बिभिन्न समुन्द्रका पोर्टहरु पार गर्दै आउनेलाई जनाउँछ । यस्तो कार्गो पनि ओरिजिन देशको भन्सार कार्यालयलेशील लगाए पनि फाईनल डिस्टिनेशन देशको भन्सारले मात्र खोल्न पाउने प्रचलन छ ।

ट्रान्जिट कार्गोहरु हावाई, समुन्द्र, ल्यान्डबाट मात्र नभई मिक्स प्रणाली समेत लागु हुन्छ । जस्तो समुन्द्र, जमिन, हवाई तीनै प्रकारको माध्याम प्रयोग भएर नि कार्गो जान आउन पठाउन, ल्याउन सकिन्छ । यस्तो ट्रान्जिट कार्गोलाई मिक्स ट्रान्जिट भनिन्छ । नेपालमा आउने हवाई कार्गो बाहेक अधिकाश कार्गोहरु मिक्स भएर आएको हुन्छ । समुन्द्रबाट आएको कार्गो भारतको विभिन्न समुन्द्रको एपोर्टहरु हुँदै भारतको जमीन प्रयोग गरेर नेपाल आउने गर्दछ ।

 

नेपालको सम्भाब्यता
नेपाल भुपरिवेस्ठित देश भएकोले समुन्द्रसँग सिधा सम्पर्क छैन् । त्यसो हुँदा सँधैं भारतको जमिनको प्रयोग हुँदै कार्गो पठाउन, ल्याउन बाध्यता छ । प्रशस्त मात्रामा एयरलाइन्स कम्पनीहरु नेपाल आउने जाने गर्छन् । यसको चाप दिन दिनै बढ्दो छ ।

तेस्राे हुँदा नेपाल आउने र नेपालबाट जाने जहाजहरु प्रायः खाली–खाली नै हुन्छ । हाम्रो देशमा उत्पादन काम छ । साथै उद्योग, कल, कारखाना पनि कम छ । जसले गर्दा निर्यात पनि काम छ । निर्यात कम भएपछी नेपाल आउने जहाजहरु बिना कार्गो खाली नै उड्नु पर्ने बाध्यता छ ।

ठुला जहाजहरुले २२ टनसम्म कार्गाे बोक्न सक्छ भने साना जहाजहरुले १० टनसम्म कार्गो बोक्न सक्छन । नेपाल एयर लाइन्सलाई कार्गो बोकाउनको लागि पनि ट्रान्जिट कार्गोको कार्य थाल्न जरुरी छ ।

नेपालमा ट्रान्जिट कार्गोको भविष्य राम्रो छ । हाल नेपालमा एक मात्र अन्तराष्ट्रीय एयरपोर्ट भए पनि एअरलाईन्सको चाप भने बढी नै छ । त्यसो हुँदा हामीले हाम्रो देशमा आउने र हाम्रो देशबाट जाने हावाइ जहाजहरुलाई प्रशस्त कार्गो उपलब्ध गराउनको लागि ट्रान्जिट कार्गोको ब्यवस्था गर्न जरुरी छ ।
ट्रान्जिट कार्गोको ब्यवस्था भएको खण्ड्मा हाम्रो देशको एअरपोर्टलाई ट्रान्जिट हब बनाउन सकिन्छ । धेरै ट्रान्जिट कार्गोहरु आउने जाने गर्ने छन् ।

ट्रान्जिट कार्गोबाट हुने फाइदा

१. विमानस्थललाई फाइदा
ट्रान्जिट कार्गोको ब्यापार नेपालको एयरपोर्ट हुँदै जाने आउने भयो भने बिमानस्थलको आयमा बृद्धि हुनेछ । किनकी नेपालको एयरपोर्ट प्रयोग भए बापत जाने र आउने कार्गोहरुले निश्चित सेवा सुल्क बिमानस्थललाई दिनुपर्ने हुन्छ जुन प्रती केजी को हिसाबले गरिएको हुन्छ ्र बिमानस्थल साथै सो को ग्राउण्ड ह्याण्डलिङ्गको समेत राजश्व बढने हुन्छ तथा रोजगार समेत बृद्धि हुने पक्का छ । साथै राष्ट्रीय ध्वाजा बाहक हवाइजहाजलाई समेत फाईदा हुनेछ ।
२. व्यापारीलाई फाइदा
नेपालमा कार्गो सम्बन्धी काम गर्ने ब्यापारिहरुको समेत कार्गो ब्यापार बढने छ । रेगुलर काम गर्ने गरी रहेका ब्यापारीहरुले ट्रान्जिट कार्गो समेतको ब्यापार गर्ने हुनाले ब्यापार बृद्धि हुनेछ ।

३. रोजगारिको अवसर
नेपालमा ट्रान्जिट कार्गो सुरु भएको खन्ढमा स्वतः रोजगार बढ्ने छ । रेगुलर कार्गो ब्यवसाय गर्ने, कम्पनीहरुले आफुसँग भएको कर्मचारीहरु यथेस्ट नहुने र अपुग हुने भएकोले गर्दा थप कर्मचारी माग गर्नपर्ने हुन्छ । त्यसो हुँदा नयाँ रोजगारिको अवसर समेत उत्पन्न हुन्छ ।

४ राष्ट्रिय राजश्व बृद्धी
रेगुलर कार्गो ब्यबसायीहरुले जेजती राजश्व तिर्ने गरेका थिए । अब ट्रान्जिट कार्गो सुरु भए पछि उनीहरुको कार्गोको भोल्युम समेत बढ्न जाने कर्गोको भोल्युम बढने बित्तिकै स्वतः आय बृद्धि हुनेछ । आय बृद्धि हुनसाथ राज्यलाई तिर्ने राजाश्व पनि बढ्न जाने पक्का हुन्छ । त्यसोे हुँदा मुलुकको राष्ट्रीय आयमा बृद्धि हुन्छ । हङकङ र सिङ्गापुरको मुख्य ब्यावसाय यही हो ।

५. बिदेशी मुद्राको आर्जन र पर्यटन बृद्धि
ट्रान्जिट कार्गो सुरु हुन साथ विदेशी कम्पनीहरु सँग नेपाली कम्पनीहरुले मिलेर काम गर्नु पर्ने हुन्छ । बिदेशी कम्पनीहरुले नेपालको भु तथा हावाइ मार्ग प्रयोग गर्न साथ बिदेशी मुद्रा स्वतः नेपाल भित्रिने हुन्छ । नेपालको हबबाट ट्रान्जिट कार्गो जाने आउने हुँदा बिदेशी कम्पनीहरुको प्रतिनिधि नेपाल आउने जाने तथा नेपालमा कार्यालय खोल्ने हुँदा पर्यटन समेत बृद्धी हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७