माओवादी बिनाको सरकार कल्पना नै गरेका छैनौं : शंकर पोखरेल


१२ पुष २०७४, बुधबार
sankar pokhrel

काठमाण्डौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनाव सकिएसँग सम्बन्ध चिसिएको चर्चा चलिरहेका बेला बुधबार दुई पार्टीका अध्यक्षहरुले चिया भेटघाट गरेका छन् ।sankar pokhrel

एकताका लागि अर्को वैठक बस्ने सहमतिमै सकिएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटघाटले राजनीति वृत्तमा चलेका हल्ला र चासोलाई सम्बोधन गर्न सकेन । पार्टी एकता र सरकार गठनका लागि हुनु पर्ने कुनै पनि विषयमा बुधबार दुई अध्यक्षबीच गम्भिर र औपचारिक गफ हुन सकेन । पार्टी एकता र सरकार गठनलाई चासोका साथ हेरिरहेका सर्वसाधरण र नेपालको राजनीतिलाई नजिकबाट नियालीरहेकाहरुलाई ओली–प्रचण्ड भेटघाट आशा जगाउने खालको बन्न सकेन् । यतिका पर्खाइका बावजुद भएको एकता पक्षधर नेताको भेटघाट दुई–चार दिनमा पार्टी एकता संयोजन समितिको वैठक बस्ने निष्कर्षमा टुङ्गियो । भेटले वैठकको मिति, एकताका एजेण्डा र सरकार गठनका सकस केहिका बारेमा पनि औपचारिक कुरा हुन सकेन । जसले एकता र सरकार गठनको प्रक्रियालाई त पछि धकेल्यो नै दुई अध्यक्ष पार्टी एकताप्रति अझै सशंकित नै पो छन् कि भनेर शंका गर्ने ठाउँहरु प्नि अझै बाँकी नै रहेका छन् ।

तर, वैठकमा सहभागी अन्य नेता–कार्यकर्ताहरुले भने पार्टी एकतामा कुनै शंका नभएको बताएर आवश्वस्त बनाईरहेका छन् । एउटै उम्मेद्वार र एकै घोषणापत्रमा चुनाव लडेर बहुमत प्राप्त गरेका वामपन्थी गठबन्धनका ठूला घटक एमाले र माओवादीको पार्टी एकता प्रकरणप्रति साचो जाग्नु अस्वभाविक पनि होइन । अहिले यहि कुरा सर्वाधिक चर्चामा छ । सरकार गठनमा भएको विलम्बसँगै एमाले र माओवादीबीच दूरी बढेको चर्चा पनि बजारमा चलिरहेको छ । जुन हल्लालाई बुधबार ओली निवास बालकोटमा भएको भेटघाटले पनि निवारण गर्न सकेन । तर, एमाले नेता शंकर पोखरेल भने पार्टी एकता प्रक्रियामा कुनै अवरोध नभएको बताउँछन् । उनले बाहिरको हल्ला निराधार भएको स्पष्ट पार्दै माओवादीलाई छाडेर फोरमसँग मिलेर सरकार गठनको प्रयास नभएको दावी गर्छन् । उनले भने–‘एमालेले माओवादी विनाको सरकारको कल्पना नै गरेको छैन ।’

बरु मधेस बिरोधी भनेर आरोप लगाइने एमाले अध्यक्ष ओलीले सिङ्गो राष्ट्रको नेता बन्नका लागि मधेसवादी दलहरुसँग संवाद र सहकार्य गर्न चाहेको पोखरेलले बताएका छन् । अझै अघि बढेर भोलि बन्ने वामपन्थी सरकारमा मधेसवादीलाई समेत समेटेर मधेसलाई राष्ट्रिय एकता र विकासको प्रवाहमा लैजाने चाहना ओली र प्रचण्डमा रहेको दाबीसमेत पोखरेलले गरेका छन् । उनले जनताको म्याण्डेड एमाले र माओवादी केन्द्रको एकता र सरकार गठन रहेकाले जनताको आदेश विपरीत दुबै पार्टीले कुनै निर्णय लिन नसक्ने बताए । पार्टी एकताका सवालमा उठेका चासोहरुलाई आ–आफ्नो पार्टीभित्र शीर्ष नेताले सम्वोधन गर्नुपर्ने पोखरेलले औल्याए । पार्टी एकता र सरकार गठनका विषयमा बाहिर आएका अभिव्यक्ति भ्रम सिर्जना गर्नका लागि मात्र भएको बताउँदै पोखरेलले भने–‘बाहिर जुन कोणबाट हल्ला पिंजाइएको छ, त्यस्तो हामी कसैमा छैन, अब चाँडै सरकार गठन हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७