सन्दीप लामिछानेले किने आलिसान बंगला


२० कार्तिक २०७६, बुधबार
sandeep lamichhane

काठमाडौं, २० कात्तिक । नेपाल युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले आलिसान बंगला किनेका छन् । उनले झण्डै एक रोपनी क्षेत्रफलमा राजधानीको बुढानिलकण्ठमा फराकिलो कम्पाउन्डसहितको आकर्षक बनेको बंगला किनेका हुन् ।

 चितवनको सौराहा बस्दै आएका सन्दीप भर्खर मात्रै नयाँ घरमा सरेका हुन ।  साढे दुई तल्ले घरको पहिलो तल्लामा डाइनिङ रुम र सिटिङ रुम छ । सन्दीपले पहिलो तल्लामा आफ्नो कोठा बनाएका छन् ।

यसैगरी माथिल्लो तल्लामा भने उनले परिवारका सदस्य र पूजा कोठाका लागि छुट्याएका छन् । घरको कम्पाउण्डमा बँगैचा छ । साथै चार वटासम्म गाडी अट्ने पार्किङ छ ।
उनले सिटिङ रुममा सन्दीपले विभिन्न क्रिकेट प्रतियोगितामा जितेका ट्रफी र मेडलहरु सजाएका छन् ।
अन्तराष्ट्रिय टी–२० फ्रेन्चाइज प्रतियोगितामा सन्दीपले पछिल्लो समय लाखबाट करोडौं कमाउन थालेका छन् । उनले ३ वर्षयता अन्तराष्ट्रिय टि–२० लिगहरु आबद्ध भएपछि छोटो समयमै करोडौं आर्जन गरिसकेका छन् । उनी आठ वटा देशका टि–२० फ्रेन्चाइज खेलेका उनी सर्वाधिक देशमा क्रिकेट खेल्ने क्रिकेटर समेत भएका छन् ।

उनीसँग टाटाको नेक्सन गाडी बिएमडब्लु र रोयल इन्फिल्ड बाइक पनि रहेको छ ।

सन्दीपकाे आम्दानी 
२०१८ अप्रिल – आइपिएल (भारत) – २८ हजार अमेरिकी डलर (२० लाख भारु)
२०१८ जुन – ग्लोबल टी–२० (क्यानडा) – ४० हजार अमेरिकी डलर
२०१८ अगस्ट – क्यारेबियन प्रिमियर लिग (वेस्ट इन्डिज) – ५ हजार अमेरिकी डलर
२०१८ अक्टोबर – अफगानिस्तान प्रिमियर लिग – १५ हजार अमेरिकी डलर
२०१८ नोभेम्बर – टी–१० लिग (युएई) – ३० हजार अमेरिकी डलर
२०१८ डिसेम्बर – ‍बिबिएल (अस्ट्रेलिया) – ६० हजार अमेरिकी डलर
२०१९ जनावरी – बिपिएल (बंगलादेश) – ६० हजार अमेरिकी डलर
२०१९ फेब्रुअरी – पिएसएल (पाकिस्तान) – ५० हजार अमेरिकी डलर
२०१९ मार्च – आइपिएल (भारत) – २८ हजार अमेरिकी डलर (२० लाख भारु)
२०१९ अगस्ट – ग्लोबल टी–२० (क्यानडा) – ६० हजार अमेरिकी डलर
२०१९ सेप्टेम्बर– क्यारेबियन प्रिमियर लिग (वेस्ट इन्डिज) – ७० हजार अमेरिकी डलर
२०१९ नोभेम्बर– टी–१० लिग (युएई) – ४५ हजार अमेरिकी डलर
२०१९ डिसेम्बर– ‍बिबिएल (अस्ट्रेलिया) – ६० हजार अमेरिकी डलर
२०२० अप्रिल– आइपिएल (भारत) – कम्तिमा २८ हजार अमेरिकी डलर (२० लाख भारु)
२०२० जुलाई – द हन्ड्रेड लिग (इंग्ल्यान्ड) – १ लाख २९ हजार (१ करोड ४३ रुपैयाँ)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७