युएईसँग नेपाली टोली पराजित


२० कार्तिक २०७६, बुधबार
nepal vs kwait u 19

काठमाडौं, २० कात्तिक । नेपाली युवा टोलीले इरानमा सुरु भएको एएफसी यू १९ च्याम्पियनसिप छनोटको यात्रा हारबाट सुरु गरेको छ । संयुक्त अरब इमेट्स ९युएई० सँग बुधबारको खेलमा नेपाली टोली ४–० ले पराजित भएको छ ।


नेपालले पहिलो र दोस्रो हाफमा दुई दुई गोल खाएको थियो । युएईले २७ औं मिनेटमा नेपालको आत्मघाती गोलबाट अग्रता लिएको थियो । ३८ आैं मिनेटमा ईशा खालिफानले गोल गर्दै युएईको अग्रता दोब्बर बनाए ।

७१ औं मिनेटमा खालिफा युसुफ र दोस्रो हाफको इन्जुरी समयमा अब्दुल्ला हामिदले गोल गर्दै युएईलाई सजिलै जिताए । खेलभर युएईको दवाव झेलेको नेपालले गोलगर्न लायक अवसर बनाउन सकेन । टनोट अन्तर्गत समूह ‘डी’ मा रहेको नेपालले सुक्रबार आयोजक इरानसँग दोस्रो खेल खेल्नेछ । नेपालले समूहको अन्तिम खेल आइतबार किर्गिस्तानसँग खेल्नेछ । समूहको शीर्ष टोली फाइनल चरणका लागि छनोट हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७