माओवादी एमालेसँग एकता होइन, विलय


१२ पुष २०७४, बुधबार
sagar sagar

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासम्बन्धी छलफल भएको झन्डै ३ महिना बित्न लागेको छ । तर, अझै पार्टी एकताको विषय अन्योल जस्तै छ । दुई पार्टीबीच एकता संयोजन समितिको बैठक नै बस्न सकेको छैन । यदि पार्टी एकता नै हुने भए पनि तत्काल सम्भव नरहेको राजनीतिक विश्लेषक र पार्टीका माथिल्लोस्तरका नेताहरूले बताउँदै आएका छन् । दुई पार्टीबीच बहुमत ल्याएर वाम सरकार निर्माण गर्ने उद्देश्यले निवार्चनमा होमिएका थिए । तर, निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याए पनि सरकार गठनमा केही जटिलता उत्पन्न भएको देखिन्छ । निर्वाचनको परिणामपश्चात एमालेका महासचिव ईश्वर पोखरेलले दिएको सार्वजनिक अभिव्यक्तिले माओवादी केही झस्किएको देखिन्छ ।

sagar sagar
माओवादीको तल्लोस्तरको नेता–कार्यकता त एकीकरण भईहाले भने पनि केही हिस्सा मात्रै एमालेमा जाने कुरामा ढुक्क छन् । उनीहरू एमालेसँग पार्टी एकता होइन प्रचण्डले आत्मसमर्पण गर्न लागे भनेर आलोचना गर्न थालेका छन् । एमालेसँग पार्टी एकता हुन नसक्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य सागर राईको निष्कर्ष छ । पार्टी एकतासम्बन्धी उनको धारणा यस्तो छ:
मुलुकमा एउटा मात्रै कम्युनिस्ट पार्टी हुन्छ, त्यो एमालेले नेतृत्व गर्छ भन्ने माओवादी केन्द्रका उच्च नेताहरूलाई भान परेको छ ।’ त्यसैको सङ्केत माओवादीले कांग्रेससँग ६०–४० को प्रस्ताव राख्नु । कांग्रेस देशको ठुलो पार्टी भएको कारण नमानेपछि उनले एमालेसँग सम्झौता गरे पार्टी एकता गर्ने प्रस्तावसँगै । हुन त पछिल्लो समय माओवादीले कम्युनिस्ट सिद्धान्त नै छाड्दै गएको देखिन्छ । माओवाद स्कुलिङ, क. प्रचण्डको स्कुलिङ, माक्र्सवाद, मालेवाद छुट्यो भने त्यो कम्युनिस्ट मान्न सकिन्न ।
वास्तवमा एमालेलाई नाम मात्रैको कम्युनिस्ट भन्दा फरक पर्दैन । उ दक्षिणपन्थी कांग्रसेको जस्तै चालचलन रहेको छ । एमाले जननेता मदन भण्डारीको पालासम्म सच्चा कम्युनिस्ट थिए । सर्वहारा वर्गको निम्ति थियो । एमाले पुँजीवादी पार्टी भन्दा धेरै पुँजीवादी भइसकेको छ । समग्रहमा नेपालको पुँजीवाद दलाल पुँजीवादी भन्दा फरक नपर्ला । त्यसैको एक उदाहरण हो सर्वहारा वर्गको निम्ति लड्ने एमालेसँग निजीकरण सम्पतिको मोह ।
एमालेसँग अहिले छैनन् चाहिँ के र ? देशको ठुल ठुला कलेज, हस्पिटल, एनजिओ आइएनजिओ उसैको नाममा देखिन्छ । यस्तो पार्टी कसरी हुन्छ सर्वाहरा वर्गको निम्ति लड्ने ? यही कित्तामा माओवादी केनद्र पनि उभिइसकेको छ भन्दा फरक नपर्ला । वास्तवमा भन्ने हो भने सच्चा समाजवादी डा. गोविन्द केसी हुन् । राजनीतिक दलहरूले समाजवादको जति वकालत गरे पनि त्यो खोक्रो समाजवाद हुने सम्भावना देखिएको छ ।
नेपालमा माओवादीको स्थापना माओको विचारधारा अपनाएर भएको हो । तर, त्यही विचारधारा लत्याए र सैदान्तिक रूपमै फरक भएको पार्टी माओवादी एमालेमा विलयन हुनेछ । माओवादी र एमालेको सांगठनिक संरचना पनि मिल्दैन । माओवादीको जातीयमुक्ति मोर्चा जस्ता सङ्गठनले पार्टी निर्माण भएको छ । माओवादीले माओको विचारधारा पछ्याएर त्यसै अनुरूप उत्पीडित समुदायलाई सँगसँगै लैजानु पर्छ नत्र समाजवादी क्रान्ति सम्भव हुँदैन ।
भन्छन्–जातीय उत्पीडनको समस्या अङ्गालेको माओवादी वर्गीय समस्या मात्रै भएको देख्ने एमालेसँग कसरी एकता सम्भव छ ? यो पार्टी विलय नभएर कसरी एकता हुन सक्छ ? एमालेमा त खम्बुवान, ताम्सालिङ, नेवाः, मगरात जस्ता मोर्चा त छैनन् । यस्ता समस्यालाई एमालेमा लगेर थन्क्याएपछि माओवादी सिद्धिहाल्छ नि । त्यसो भएको हुनाले माओवादी केन्द्रमा रहेका सबै नेता एमालेमा जाँदैनौं । ठुलो सङ्ख्यामा माओवादीमै रहने पछिल्लो परिणामले देखाएको छ ।
मुलुकमा सबै वर्ग, जातिको सम्मानका लागि माओवादीले पहिले निर्माण गरेको १४ प्रदेशको संघीय संरचनाको विकल्प छैन । अब मुलुकमा पहिचानको मुद्धाले ठुलो उपलब्धि हात पार्ने देखिन्छ । त्यसको उदाहरण प्रदेश नम्बर–२ स्पष्ट नै छ । उसले त्यहाँ आवश्यकता उनुसार संरक्षण क्षेत्रहरू थप्ने छ । प्रदेश नम्बर–१ को पनि समस्या यस्तै हो । किराँत, लिम्बुवान र कोचिला गरी संघीय संरचना बन्नु आवश्यक छ ।
माओवादी यस्तो जटिल विषयलाई त्यागेर सत्ता र शक्तिको लोभमा फसेको भन्दा फरक पर्दैन । ठुलो हिस्सा माओवादीमै रहन्छ । रहेको अंश पहिचानवादीसँग मिल्न सक्ने छ । जो माओवादीबाट एमालेमा जान्छन्, तिनीहरू भ्रष्ट नेता मात्रै जान्छन् । यस्तो हुनु भनेको कमरेड प्रचण्डले एमाले समक्ष आत्मसमर्पण गर्नु हो । समाज वा उपभोक्तवादले गाँजेको छ । मुलुक निर्माण र समृद चाहने माओवादीमै रहन्छन् । माओवादीबाट एमालेमा जाने नेताहरू महाधिवेशनपछि एमालेले पेल्छ त्यसपछि पछुताउँदै माओवादीमा नै फर्किने छन् ।
प्रचण्डलाई प्रश्न
कमरेड प्रचण्ड अझै मुलुकमा जातीय समस्या कायमै छ । १० वर्षे जनयुद्धमा साथ दिएको आदिवासी, मुस्लिम, मधेसी, दलित र उत्पीडनमा परेकाले सहयोग गरेका छन् । उनीहरूको समस्या नसुल्झी भाग्ने सोंचमा हुनुहुन्छ ? उनीहरूलाई जवाफ के दिनुहुन्छ ?
१० वर्षे जनयुद्धमा ज्यान गुमाएका शहीद परिवारलाई के जवाफ दिनु हुन्छ ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७