पहिलो पारीमा एमसीसी ३ सय ६४ रनमा अलआउट


२१ कार्तिक २०७६, बिहीबार
nepal national cricket team 1st class

काठमाडौं, २१ कार्तिक । नेपालसँगको तीनदिवसिय प्रथम श्रेणी खेलमा तीन दिवसीय खेलमा मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)को पहिलो पारीमा ३ सय ६४ रनमा अलआउट भएको छ ।
३ सय ११ रनबाट दोस्रो दिनको खेल सुरु गरेको एमसीसीले थप ५३ रन बनाउँदा अलआउट भएको हो । दोस्रो दिनको पहिलो पारीमा नेपालले ४ विकेट लियो ।

     एमसीसीले दोस्रो दिन ८६ ओभरमा इनिङ थालेको थियो । उसका यासिर अराफात ६५ रनमा अविजित रहे । ९१ ओभरमा करण केसीले एलेक्स थम्पसनलाई ३० रनमा एलबी डब्लू आउट गरे । करणलेनै एलेक्स स्पेन्सरलाई शून्यमा पेभिलिएन फर्काए । ९७ औं ओभरमा क्रिस राइटलाई ४ रनमा एलबी डब्लू आउट गरे ।

       पहिलो दिन ओपनर बिली गोडलम्यान १० रनमा क्याच आउट भएका थिए । अर्का ओपनर विल रोड्स ७३ रनमा बोल्ड आउट भए । करणले ओलिभर डल्बीलाई १० रनमा आउट गरे । ३५ ओभरको दोस्रो बलमा सोमपालले बोल्ड आउट गर्नुअघि रोड्सले १ सय १० बलमा १२ चौका प्रहार गरे । रोड्सले विनोद भण्डारीले क्याच छाड्दा ब्यक्तिगत १४ रनमा जीनवदान पाएका थिए ।

शरद भेषवकरले ४३ ओभरको दोस्रो बलमा इंग्ल्यान्डबाट टेष्ट खेली सकेका युवा खेलाडी टम वेस्ट्लीलाई ३९ रनमा एलबी डब्लू आउट गरे । उनले १ सय २ बलमा ४ चौका प्रहार गरे । शरदले नै माईल्स हामान्डलाई ५२ रनमा बोल्ड आउट गर्दै पेभिलिएनको बाटो देखाए । माईल्सले ६ चौका र १ छक्का प्रहार गरे । अलराउन्डर एड योङ १७ रनमा आउट भए ।

    ७२ ओभरको अन्तिम बलमा सन्दीपले विल भानडरसपारलाई ५३ एलबी डब्लू आउट गरे। उनले ९६ बलमा ८ चौका र १ छक्का प्रहार गरे । 

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान तीन-तीन विकेट लिए भने  सोमपाल कामी र शरद भेषवकरले समान दुई–दुई विकेट लिए ।

नेपालका लागि पहिलो इनिङमा ओपनरको रुपमा विकेटकीपर राजु रिजाल र कप्तान ज्ञानेन्द्र मल्ल आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७