आइएस प्रमुख बग्दादीकी श्रीमती टर्कीमा पक्राउ


२१ कार्तिक २०७६, बिहीबार
bagdadi 1

टर्की, २१ कार्तिक । इस्लामिक बिद्रोही संगठन आइएसका प्रमुख अबु बक्र अल–बग्दादीकी श्रीमती टर्कीमा पक्राउ परेका छिन् ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले बग्दादीकी पत्नी आफ्नो देशको नियन्त्रणमा रहेको जानकारी दिएका छन् । साथै उनले बग्दादीको श्रीमतीमाथि बग्दादीको क्रियाकलापबारे सोधपुछ भइरहेकोे जानकारी समेत दिएका छन् ।

बिगत केही बर्षदेखि टर्कीमै बस्दै आएकी बग्दादकी श्रीमतीलाई ब्यापक खोजीपछि नियन्त्रणमा लिइएको हो । अमेरिकी सैनिकको आक्रमणमा आईएसका प्रमुख बग्दादी मारिएपछि अमेरिकी सेनाले बग्दादीको परिवारका सदस्यहरुको ब्यापक खोजी जारी राखेको छ ।

यसअघि गएको मंगलबार टर्कीले बग्दादीकी बहिनीलाई पनि नियन्त्रणमा लिएको थियो । बग्दादी विरुद्ध अमेरिकी सैनिकले परिचालन गरेको अमेरिकी सेनाको विशेष फोर्सले सिरियाको उत्तर पश्चिमी क्षेत्रमा बग्दादीसम्म पुगेपछि उनले आफैलाई बिष्फोट गराएका थिए ।

बग्दादीको मृत्युलाई अमेरिकाले ठूलो सफलताको रुपमा लिएको छ । यसैबीच आइएसले बग्दादीको मृत्युपछि नयाँ नेताको रुपमा अबु इब्राहिम अल–हाशमीलाई नियुक्त गरिसकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७