अत्याधुनिक सिटी स्क्यान मेसिन उद्घाटन गर्दै हिमानी


१२ पुष २०७४, बुधबार
himani
gle{s cGt//fli6«o c:ktfnn] cTofw’lgs k|ljlw ePsf] la/fdL d}qL # 6]:nf Pd=cf/=cfO{= k|ljlw;DkGg !@* :nfO; ;L=6L= :Sofg d]l;g pb3f6g ub}{ k”j{o’j/f1L lxdfgL /fHonIdL zfx . t:jL/ M sNkgf kf}8]n, /f;;

काठमाडौँ: नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अत्याधुनिक प्रविधि भएको बिरामीमैत्री तीन टेस्ला एमआरआइ प्रविधि सम्पन्न १२८ स्लाइस सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएको छ ।

himani

अस्पतालको निदानात्मक सेवा थप गर्दै अस्पतालमा आफूलाई पूर्णतया न्युक्लियर मेडिसिन सेन्टर भएको दाबी गरेको छ । नवजडित ती अत्याधुनिक उपकरणको बुधबार पूर्वयुवराज्ञी हिमानी शाहले शुभारम्भ गरिन् । अस्पतालका निर्देशक नेहा चौधरी शाक्यले नेपालमा अन्तर्राष्ट्रियस्तरको उपचार सेवा प्रदान गर्दै अस्पताललाई न्युक्लियर मेडिसिन सेन्टरका रुपमा परिणत गर्ने उद्देश्य पूरा भएको बताए ।

नेदरल्याण्डमा निर्माण भएको तीन टेस्ला एमआरआइमा त्यसको सुरुङभित्र बिरामीले श्रव्यदृश्य प्रणालीमार्फत आफूलाई मनपर्ने संगीत, भिडियो हेर्न सुन्नसक्ने सुविधा भएको बताइएको छ ।
यस एमआरआइ प्रणालीमा रहेको स्वःचालित आधुनिक (निर्देशक गर्ने बोली) भ्वाइसले बिरामीलाई श्वासप्रश्वास रोक्ने, एमआरआइ टेबुलको चालबारे स्क्यान गर्ने अवधिसमेत जानकारी गराउने भएकाले बिरामीलाई सजिलो भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७