अमेरिकन पेस्तोलसहित चोभारबाट तीन जना पक्राउ


२१ कार्तिक २०७६, बिहीबार
pestol
सांकेतिक तस्वीर

काठमाडौं, २१ कार्तिक । अमेरिकन पेस्तोलसहित प्रहरीले कीर्तिपुरको चोभारबाट तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं–१४ का मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्कालाई अमेरिकन पेस्तोल र सोको पाँच राउण्ड गोलीसहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बा १७ च ८३६४ नम्बरको महिन्द्रा कम्पनीको गाडीबाट पेस्तोल र गोलीसहित पक्राउ गरिएको जानकारी दिएका छन् ।

पेस्तोल देखाएर लुटपाट गर्ने गरेको आशंकामा प्रहरी टोलीले तिनै जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७