नेपाल र कुवेतबीचकाे खेल नेपालमा नहुने पक्का, भुटानमा खेलाउने प्रस्ताव


२१ कार्तिक २०७६, बिहीबार
dasarstha rangsaladasaratha rangasala दशरथ रङ्गशाला 13

काठमाडौं, २१ कार्तिक । यही मंसिर ३ गते हुने नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने भएको छ । दशरथ रंगशालामा विश्व कप छनोट खेलाउनका लागि अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)ले खेल गर्न नमिल्ने निर्णय गरेपछि नेपालमा खेल नहुने पक्का भएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पूर्वाधार तथा अखिल फुटबल संघ –एन्फा)ले मैदानको जिम्मा लिएर काम अघि बढाएपनि एएफसी त्यसबाट सन्तुष्ट हुन नसकेको हो । एन्फाले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै दशरथ रंगशालामा खेल नहुने प्रष्ट पारेको छ ।

एन्फाले विज्ञप्तीमा सोही खेल न्युट्रल भेन्युका रुपमा भुटानको चाङलिमिथाङ रंगशाला प्रस्ताव गरेको छ । विज्ञप्तीमा अधिकतम प्रयत्नका वावजुद नेपाल र कुवेतवबीचको दशरथ रंगशालामा खेल गराउन नसकेकोमा एन्फाले फुटबल समर्थकसँग माफी मागेको छ ।

विश्व कप छनोटको अवे खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो । त्यसपछिको खेलमा चाइनिज ताइपेमाथि २–० को जित हासिल गरेको नेपाल त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो । गत महिना नेपाली टोली अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो ।

२०७२ बैशाख १२ को विनाशकारी भूकम्पपछि दशरथ रंगशालामा कुनै पनि फुटबल खेल हुन सकेको छैन ।

pressnote anfa

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७