भारतद्वारा नेपाली भूमि मिचेको ‘अस्वीकार’

भन्यो, ‘हाम्रो नक्शामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ’


२१ कार्तिक २०७६, बिहीबार
bharat

काठमाडौं, २१ कार्तिक । भारतले आफ्नो नक्शामा नेपाली भूमि पारेको भन्दै विरोध र वहस तातिरहेका बेला भारतले भने नक्शामा नेपाली भूमि नपरेको दावी गरेको छ ।

भारतको हालै जारी गरेको आफ्नो नक्शामा नेपाली भू–भाग परेको नेपालको दाबीलाई अस्वीकार छ । उसले नयाँ नक्शमा नेपालसँगको सीमा परिमार्जन नगरेको जिकिर गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भने, ‘हाम्रो नक्शमा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ ।’

नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्र रहेको भन्दै त्यसले समाधान गर्ने उनले बताएका छन् । साथै उनले दुई देशबीचको सम्वन्ध विगार्ने ‘भेस्टेड इन्ट्रेस्ट’ प्रति सचेत रहनुपर्ने पनि औंल्याएका छन् ।

उनलाई एक पत्रकारले भारतको नयाँ नक्शालाई लिएर नेपालमा विरोध भइरहेको र नेपाल सरकारले पनि विज्ञप्ति प्रकाशित गरेको भन्दै यसमा भारतको आधिकारिक धारणा मागेका थिए ।
नेपाली भूमि कालापानी र लिपुलेखलाई भारतीय नक्शामा पारिएको भन्दै अहिले नेपालमा सडकदेखि सामाजिक सञ्जालमा समेत विरोध भइरहेको छ ।

आज (बिहीबार) कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भारतले जारी गरेको नयाँ नक्शा तत्काल सच्याउनु पर्ने माग गर्दै काठमाडौंस्थित भारतीय दूताबास अगाडि प्रदर्शन गरेको छ ।

यस्तै देशका अन्य विभिन्न स्थानमा समेत भारतको नयाँ नक्शाको विरोधमा प्रदर्शन भएका छन् । यस्तै सामाजिक सञ्जालमा विभिन्न दलका नेता तथा वुद्धिजीविहरुले भारतले नेपाली भूमि अतिक्रमण गरेको र हालै जारी नयाँ नक्शा तत्काल सचिनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७