नेपालमाथि एमसीसीकाे ३ सय २ रनको अग्रता


२१ कार्तिक २०७६, बिहीबार
nepalcr cricket 1 st class

काठमाडौं, २१ कार्तिक ।  मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालसँगको तीन दिवसिया प्रथम श्रेणी क्रिकेटमा ३ सय २ रनको अग्रता लिएको छ । 

त्रिवि खेल मैदान किर्तिपुरमा दोस्रो दिनको खेल सकिँदा दोस्रो इनिङमा एमसीसी २१ ओभरमा ९१ रन २ विकेटको बलियो अवस्थामा छ । उसका टम वेस्ट्ली १७ रनमा अविजित छन् । पवन सरार्फले ११ औं ओभरमा करण केसीबाट क्याच गराउँदै ओपनर विल रोड्सलाई ३० रनमा आउट गरे ।

१७ औं ओभरमा ललित नारायण राजवंशीले बिली गोडलम्यानलाई ३९ रनमा एलबी डब्लू आउट गर्दै पेभिलिएन फर्काए । त्यसअघि विहीबारनै पहिलो इनिङमा नेपाल ४४ दशमलव ४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो ।

 लेग स्पिनर सन्दीप लामिछानेले ३९ रनमा अविजित रहे । अन्तिममा सन्दीपले २१ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै खेललाई रोमान्चक बनाएका थिए । अन्तिम विकेटका लागि सन्दीप र ललित नारायण राजवंशीबीच ४२ रनको साझेदारी भएको थियो । विनोद भण्डारीले ३६ रन जोड्दा सोमपाल कामीले २६ रनको योगदान दिए । विनोदले ५ र सोमपालले ४ चौका प्रहार गरे ।

      खराव सुरुवात गरेको नेपाललाई विनोद भण्डारी र सोमपाल कामीले छैटौ विकेटका लागि ७५ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ उकासे ।

त्यसअघि एमसीसी पहिलो इनिङमा ३ सय ६४ रनमा अल आउट भएको थियो । उसका यासिर अराफात ६५, विल रोड्स ७३, माइल्स हमान्ड ५२, विल भानडसपार ५३ र टम वेस्ट्लीले ३९ रन जोडेका थिए ।

नेपालका सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । सोमपाल कामी र करण केसीले २–२ विकेट लिए । तेश्रो तथा अन्तिम दिनको खेल शुक्रबार हुनेछ ।

यो पनि हेर्नुहोस्
लन्च ब्रेक अघि नेपालको खराब सुरुवात
पहिलो पारीमा एमसीसी ३ सय ६४ रनमा अलआउट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७