रिता राई भन्छिन्,‘भ्वाइसका कारण मेरो बुबाआमालाई खुसी बनाए, मेरो सफलता यही हो’


२१ कार्तिक २०७६, बिहीबार
rita rai

काठमाडौं, २१ कार्तिक । ‘भ्वाइस अफ नेपाल’बाट बाहिरिएकी रिता राईले भ्वाइस अफ नेपालको कारणले बुबाआमालाई खुसी बनाउनु आफनो सफलता भएको बताएकी छिन् । दृष्टिबिहिन समेत रहेकी उनले भ्वाइस अफ नेपालको आफनो यात्रा बारे नयाँपेजसँग कुरा गर्दे यस्तो बताएकी हुन् ।

 उनले आफनो कोच आस्था राउतले भगवान सरह ठानेकी बताएकी छिन् । उनले भनिन,‘ब्लाइन्ड अडिसनमा बज गर्नुहुने आस्था दिदी भगवान जस्तै ठानेकी छु, एउटै कोखबाट जन्म नलिए पनि बहिनी जस्तै माया हौसला दिनु भयो, साथ दिनुभयो त्यहीका कारण म यहाँसम्म आइपुृगे ।’

यस्तै उनले राजु लामा जस्तो कोच पाउँदा आफनै भाग्यमानी भएकी बताइन् । 

उनी भ्वाइसको नकआउट चरणसम्म पुगेकी थिइन् । उनको नकआउट चरणमा ससिका राई र श्रृखला जोशी प्रतिष्पर्धी थिए । उनको समुहबाट सकिका राई लाइभ सोमा प्रवेश गरेकी छिन् ।
उनले आफनै परिवार र दुःख कुरा सुनाइन् ।
हेर्नुहोस पूर्ण संवाद

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७