२०७६ कार्तिक २२ गते शुक्रबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । नयाँ कार्यको योजना बन्ने छ । प्रेमीको सहयोग पाइने छ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा दुविधा उत्पन्न हुनेछ । आत्मबलमा कमी आउनेछ र निर्णय पनि कार्यान्वयन हुन सक्दैनन् । शत्रु पक्ष सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक, धार्मिक कार्यमा रुची बढ्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । प्रेममा मनमुटाव आउने छ । लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्ने छ । आँटेको र ताकेको कार्य पूरा होला । शुभकार्यको चर्चा चल्ने छ । पढाइमा प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने छ । नयाँ काममा हात हाल्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य सिद्धिको योग छ । विपरीत वर्गबाट विशेष सहयोग मिल्ने छ । जोश जाँगर र हिम्मत बढ्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । दैनिक कार्यमा प्रगती हुनेछ । धर्म, कर्ममा मन लाग्ने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
वैदेशिक कार्य अघि बढ्ने छ । रोकिएका काम पुनः शुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । जोश, जाँगर र उमङ्ग बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । जोश जाँगर र हिम्मत बढ्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्