ओली-दाहाल छलफलः सरकारअघि एकताको खाका र विकल्प यस्तो छ


१३ पुष २०७४, बिहीबार
oli 1

काठमाडाैं: एमाले र माओवादीले नयाँ सरकार गठनअघि नै पार्टी एकताको खाका तयार पार्ने जनाएका छन् । पार्टी एकता र सरकार निर्माणलगायत विषयमा संशय पैदा हुन थालेका दुवै दलका नेताहरु छिटो एकताको खाका तयार गर्दै सरकार निर्माणतर्फ लाग्ने निष्कर्षमा पुगेका हुन् ।oli 1

पछिल्लो ५ दिन गृहजिल्ला चितवनमा बिताएर मंगलबार राजधानी फर्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार दिउँसो एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । त्यहाँ दुई अध्यक्षबीच झण्डै डेढ घण्टा छलफल भएको थियो ।

भेटमा एकता र सरकार निर्माणमा भइरहेको आशंका चिर्दै छिटो निष्कर्षमा पुग्ने समझदारी भएको दुवै दलका नेताहरुले बताएका छन् । एकता र सरकार निर्माणको विषयमा दुई नेताकै तहमा धेरै कुरा छिनोफानो गरेपछि पार्टी एकता संयोजन समितिको बैठकबाट त्यसलाई अन्तिम टुंगो लगाउने तयारी छ ।

चर्चामा आएका विकल्प

१. प्रधानमन्त्री र अध्यक्ष बाँडफाँट
२. दुवै दलका अध्यक्षको संयुक्त नेतृत्व
३. प्रधामनमन्त्री र पार्टीको नेतृत्व आलोपालो

एमाले र माओवादीले नयाँ सरकार गठनअघि नै पार्टी एकताको खाका तयार पार्ने जनाएका छन् ।

पार्टी एकता र सरकार निर्माणलगायत विषयमा संशय पैदा हुन थालेपछि दुवै दलका नेताहरु छिटो एकताको खाका तयार गर्दै सरकार निर्माणतर्फ लाग्ने निष्कर्षमा पुगेका हुन् ।

पछिल्लो ५ दिन गृहजिल्ला चितवनमा विताएर मंगलबार राजधानी फर्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार दिउँसो एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७