ह्वातै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


२२ कार्तिक २०७६, शुक्रबार
gold 2

काठमाडौं, २२ कार्तिक । नेपाली बजारमा सुनको भाउ आज (शुक्रबार) ह्वातै घटेकाे छ ।
बजारमा शुक्रबार सुनको मूल्य रु सात सय रुपैंयाँ घटेर कारोबार भएको छ ।

अघिल्लो दिन तोलामा ७० हजार ६०० मा कारोबार भएको सुनको मूल्य सातोको कारोबारको अन्तिम दिन शुक्रबार ६९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै तेजावी सुन तोलामा ६९ हजार ६०० मा कारोबार भएको छ । चाँदीको पनि मूल्य रु १५ घटेर तोलामा ८३५ मा कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७