भारतको नक्साबारे कुरा उठाउन नसकेर सरकार चुप बसेको होइन : प्रवक्ता बाँस्कोटा


२२ कार्तिक २०७६, शुक्रबार
Gokul baskota 2

स्याङजा, २२ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भारतले जारी गरेको नयाँ नक्साको विषयमा सरकार मौन बस्नु कुरा उठाउनै नसकेर नभएको बताएका छन् ।

उनले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न समेत आग्रह गरेका छन् । ‘सरकार चुपचाप बसेको कुरा उठाउनै नसकेर होइन हामीलाई राम्ररी थाहा छ सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेका छौं’, प्रवक्ता बाँस्कोटाले थपे, ‘विवादलाई कूटनीतिक र राजनीतिक माध्यमबाट छलफलमार्फत टुङ्गोमा पुर्‍याउने छौं ।’

देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ लसर्घामा अवस्थित आलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको शुक्रबार अनावरण गर्दै प्रवक्ता बाँस्कोटाले सीमाका विषयमा सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताए ।

उनले भने, ‘सरकारसँग राष्ट्र प्रेमको अडान छ त्यसैले पनि तपाईहरु ढुक्क हुनुहोस् सरकार अल्मलिँदैन ।’ उनले थपे, ‘सरकारले आशा जगाउँदै गएको छ । हामीलाई थाहा छ निराशाको खेती गरेका छैनौं । सरकारलाई पाँच वर्षसम्म पर्खिनुको विकल्प छैन विश्वास गर्नुहोस् मुलुकले काँचुली फेरेर छाड्ने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७