आलम काण्डमा मुछिएका एसपी लामा हङकङमा, नेपाल ल्याउन इन्टरपोललाई पत्राचार


२२ कार्तिक २०७६, शुक्रबार
aalam 1
फाइल फोटो

काठमाडौंं, २२ कार्तिक । बम विष्फोटक घाइते झण्डै दुई दर्जन व्यक्तिलाई ज्यूँदै इँटाभट्टामा जलाएको आरोप लागेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद आफताव आलमलाई सहयोग गरेको आरोपमा तात्कालीन एसपी रामकृष्ण लामामाथि पनि अनुसन्धान हुने भएको छ ।

उपचारका लागि भन्दै हङकङ बसिरहेका लामालाई इन्टरपोलमार्फत नेपाल ल्याउने तयारी भइरहेको प्रहरी प्रधान कार्यलयले जानकारी दिएको छ । पीडितहरूको उजुरीपछि उनको खोजीका लागि प्रहरी मुख्यालयमा रौतहट प्रहरीले पत्र पठाएको थियो ।

रौतहट हत्याकाण्डका मुख्य अभियुक्त मोहम्मद अफताब आलमविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा अदालतमा मुद्दा दायर भइसकेको छ । उनको थुनछेक बहस चलिरहेको छ ।
आलमको निर्देशनमा बम विष्फोटका घाइतेलाई एसपी लामाको गाडीले स्कटिङ गरेर इँटाभट्टासम्म पु¥याइएको रहस्य खुलासा भएपछि उनलाई नेपाल ल्याउन लागिएको हो ।

बम विष्फोटका घाइतेलाई आलमले उपचार गर्नुको सट्टा बेहोस बनाउने सुई लगाएर ज्यूँदै इँट्टाभट्टामा जलाएर हत्या गरेको घटनाका प्रत्यक्षदर्शीहरुले बताइसकेका छन् । आलमलाई सहयोग गरे वापत लामाले ४० लाख रकम लिएको आरोप लागेको छ ।

१२ वर्षअघि रौतहट जिल्लास्थित राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी भनिएका नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले रौतहट निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित सदस्य आलमलाई आइतवार बिहान पक्राउ गरेको हो । पहिलो संविधान सभाको निर्वाचनको पूर्व सन्ध्यामा ‘बूथ कब्जा गर्ने उद्देश्यले’ बम बनाउने क्रममा विष्फोट हुँदा कम्तीमा दुई जनाको घट्नास्थलमै मृत्यु भएको थियो ।

उक्त घटनामा परी घाइते भएका अन्य १३ जनालाई समेत ज्यूँदै इँटाभट्टामा जलाएर मारेको आरोप आलममाथि लागेको छ । आलममाथि अहिले तीन वटा अभियोगमा अनुसन्धान सकिएर थुनछेक बहस चलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७