आखाँको क्यान्सर पहिचान र उपचारका लागि लक्ष्मी बैंकले आर्थिक सहयोग गर्ने


२२ कार्तिक २०७६, शुक्रबार
laxmi bank and eyes hospital

काठमाडौं, २२ कार्तिक । लक्ष्मी बैंक बालबालिकाहरुको आखाँको क्यान्सर (रटिनोब्लाष्टोमा)को पहिचान र उपचारका लागि रु ५ लाख बराबरको आर्थिक सहयोग प्रदान गर्ने भएको छ । बैंकले आर्थिक रुपले विपन्न पृष्ठभुमिका बालबालिकाहरुको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने भएको हो ।

यसका लागि लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारकालागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत रिता गुरुङ्गबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

रटिनोब्लाष्टोमा आँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाकक्यान्सर हो जुन सामान्यतया नवजात शिशु र पाँच वर्ष सम्मका बालबालिकामा देखा पर्दछ । विश्वभर १५००० नवजात शिशु मध्ये १ मा यो रोग देखा पर्ने गरेको तथ्यांक छ । यो रोग समयमा पत्ता लागेमा ज्यान मात्र होइन आँखा र दृष्टि पनि बचाउन सकिने प्रविधिहरुको विकास भएको छ ।

नेपालमा तिलगंगा आँखा अस्पतालले केमोथेरापि, लेजर थेरापि, प्लेग ब्राकिथेरापि, शल्यक्रियालगायतका प्रविधिहरुबाट यो रोगको उपचार सुरु गरेको छ ।

सुस्वास्थ्य सम्बन्धीदिगो विकास लक्ष्यप्राप्तिमा सहयोग पु¥याउने उद्देश्यसहित बैंकले बालबालिकाको आँखाको क्यान्सरको उपचारकालागि यो आर्थिक सहयोग उपलब्ध गराएको हो ।

बैंकले आफ्ना शाखा एवं आइटि च्यानलहरुको माध्यमबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदानगर्दै आइरहेको छ । हाल बैंकका नेपालअधिराज्यभर ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६४ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७