फस्ट क्लास क्रिकेटमा नेपाल फराकिलो अन्तरले पराजित {भिडियाेसहित}


२२ कार्तिक २०७६, शुक्रबार
nepal national cricket team 1st class

काठमाडौं, २२ कार्तिक । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटमा नेपाल २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार एमसीसीले दिएको ३ सय ९३ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल ४० ओभर ३ बलमा अलआउट हुँदै १ सय ८४ रनमा समेटियो ।

पहिलो इनिङमा खराव ब्याटिङका कारण न्यून रनमा अलआउट भएको नेपालले दोस्रो पारीमा पनि खराव ब्याटिङ गर्यो ।

जसका कारण नेपाल एक सय ८४ रनमा अलआउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रन बनाए भने राजु रिजालले ३१ र सन्दिप लामिछानेले २५ रन बनाए ।

 एमसीसीले दोस्रो पारीमा थप एक सय ८१ रन बनाएर पारीको घोषणा गरेपछि नेपालले तीन सय ९३ रनको विशाल लक्ष्य पाएको थियो । तर नेपाल दुबै पारीमा असफल बन्यो । 

नेपाल पहिलो इनिङमा ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । लेग स्पिनर सन्दीप लामिछानेले २१ बलमा ४ छक्का र २ चौका सहित सर्वाधिक ३९ रनमा अविजित रहे । त्यस्तै विनोद भण्डारी ३६, सोमपाल कामी २६, ज्ञानेन्द्र मल्ल डक, शरद भेषवकर ४, राजु रिजाल ८, दीपेन्द्र सिंह ऐरी १ र आरिफ शेख १० रनमा आउट भए । एमसीसीका यासिर अराफात र एलेक्स थम्पसनले समान ३ विकेट लिए ।

एमसीसी पहिलो इनिङमा ३ सय ६४ रनमा अल आउट भएको थियो । उसका यासिर अराफात ६५, विल रोड्स ७३, माइल्स हमान्ड ५२, विल भानडसपार ५३ र टम वेस्ट्लीले ३९ रन जोडेका थिए । नेपालका सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । सोमपाल कामी र करण केसीले २–२ विकेट लिए ।

नेपालले करिब १४ वर्षपछि घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेलको हो । अब नेपालले एमसीसीसँग टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।

यसअघि भएको एकदिवसीयमा नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो । नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७