रुप ज्योतिका बाबु-छोरीलाई तीन दिन थुनामा राख्न अदालतको आदेश

प्रहरीले खोज्दैछ भन्ने थाहा हुँदाहुँदै सिङ्गापुरबाट आएको हुँ : रुप ज्योति


२२ कार्तिक २०७६, शुक्रबार
rup


काठमाडौं, २२ कार्तिक । ठगी आरोपमा पक्राउ परेका पूर्व अर्थ राज्यमन्त्री तथा व्यापारी रुप ज्योति र उनकी छोरी सुरुचीलाई तीन दिन थुनमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरु दुबैलाई जिल्ला अदालत काठमाडौं लगेको थियो । अदालतले तीन दिनको म्याद दिएको प्रहरीले जानकारी दिएको । महानगरीय प्रहरी परिसरको टोलीले ज्योति बाबु–छोरीलाई बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो । तर, त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए । त्यसको करिब एक वर्षपछि सर्वोच्चले ज्योतिको विपक्षमा फैसला सुनाएपछि उनी पक्राउ परेका हुन् ।

ज्योतिले व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका थिए । उक्त कम्पनी रुप ज्योतिको श्रीमती र छोरीको नाममा थियो । त्यसैका आधारमा छोरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थुनामा बसेरै कानुनी झमेला पार लगाउँछु : रुप ज्योति
पक्राउ परेका रुप ज्योतिले ल्यान्डमार्क कम्पनी र मल्लबीचको सम्झौताको एउटा जिम्मेवार आफू रहे पनि ठगी नगरेको जिकिर गरेका छन् । आफू साझेदार भएकै कारण आफूलाई फसाइएको उनले आरोप लगाए ।

‘मल्लजीले फुयाँलविरूद्ध पहिले मुद्दा हालेर फिर्ता लिनुभयो, घर बनाउने, पैसा लिने, जिम्मा लगाउने सबै काम उहाँकै हो,’ ज्योतिले भने, ‘के पाउने हो उहाँबाट असुल गराउनु पर्नेमा ममाथि मुद्दा लगाइयो ।’

यो प्रकरणमा सिई हाउजिङकै बढी दायित्व रहेको भन्दै आफूले एक वर्षदेखि कानुनी लडाइँ लडिरहेको उनले बताएका छन् । यसबीच सिंगापुर रहँदा सर्वोच्च अदालतमा मुद्दा हारेको थाहा पाउँदा–पाउँदै पनि आफू काठमाडौं आएको उनले बताए ।

‘म माथि दोस्रो पटक पक्राउ पूर्जी जारी हुँदैछ भन्ने थाहा हुँदाहुँदै म आएको हुँ, प्रहरीले खोजी गरिरहेको छ भन्ने थाहा थियो,’ उनले भने, ‘आफू दोषी छैन किन डराउनु भन्ने लाग्यो ।’
‘हिरासत बस्न सकस हुन्छ, छाती दुख्यो भनेर अस्पताल जानू’ भन्ने सुझाव आएको बताउँदै उनले भने, ‘म अस्पताल बस्दिनँ । थुनामा बसेर यो कानुनी झमेला पार लगाउँछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७