भारतीय नक्सा विवादबारे प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक


२२ कार्तिक २०७६, शुक्रबार
kp oli Prime Minister of Nepal. He is the Chairman of the Nepal Communist Party 1

काठमाडौं, २२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको सर्वपक्षीय परामर्श बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ भारतले आफ्नो नक्सामा राखेको दार्चुलाको कालापानी र लिपुलेकबारे छलफल गर्नका लागि शनिबार ४ बजे सर्वदलीय बैठक आह्वान गरेको हाे । 

सीमाको बारेमा आएका विषयको पछिल्लो परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्रीज्यूले शनिबार दिउँसो ४ बजे सबै राजनीतिक दलका प्रमुखहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभएको छ’,  उनका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘पूर्वपरराष्ट्रमन्त्रीहरू पनि उक्त बैठकमा सहभागी हुनुहुनेछ।’

यो पनि पढ्नुहोस्
सरकारले भन्यो,‘भारतीय नक्साबारे कुटनीतिक र राजनैतिक रुपमा छलफल हुन्छ’ {भिडियोसहित}
भारतले भन्यो, ‘कालापानी पहिल्यैदेखि भारतको नक्सामा छ’
भारतको नक्साबारे कुरा उठाउन नसकेर सरकार चुप बसेको होइन : प्रवक्ता बाँस्कोटा
भारतको नक्सामा लचिलो हुने सवाल हुँदैन : प्रचण्ड
भारतद्वारा नेपाली भूमि मिचेको ‘अस्वीकार’

भारतले केही दिन पहिले जारी गरेको राजनीतिक नक्सामा नेपालको भूभागलाई पनि आफ्नो बनाएको थियो।  सरकारले एकपक्षीय नक्सा मान्य नहुने बताइसकेकाे छ । जवाफमा भारतले आफ्नो नक्सामा नेपालको भूभाग नपारिएको र बिगतकै नक्सा रहेको बताइसकेको छ ।   

सर्वदलीय र विज्ञहरुको परामर्शबाट समान धारणा बनाउन प्रधानमन्त्रीले बैठक बोलाएको स्रोतले जनाएको छ ।   

भारतले कालापानीलाई आफ्नो नक्सामा समेटेपछि नेपालमा त्यसको व्यापक विरोध जारी छ। विभिन्न राजनीतिक दल, तिनका संगठन र सरकारले नै भारतीय कदमको विरोध गरेको छन्। 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख विपक्षी नेपाली कांग्रेस लगायतका दलले साझा धारणा बनाउन र तत्काल भारतसँग कूटनीतिक सम्वाद गरी सीमा समस्या सुल्झाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७