धरानमा प्रकाशलाई जिताउन ज्वालाको नेतृत्वमा प्रचारप्रसार उपसमिति


२२ कार्तिक २०७६, शुक्रबार
nekapa dharan 2

धरान, २२ कार्तिक । धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई जिताउन नेकपा धरानले भिम ज्वाला राईको संयोजकत्वमा ५१ सदस्यीय प्रचारप्रसार तथा प्रकाशन उपसमिति घाेषणा गरेको छ ।

मंसिर १४ गतेको उपनिर्वाचनमा आफना उम्मेदवार जिताउन शुक्रबार नेकपा धरानले उपनिर्वाचन परिचालन समिति अन्र्तगतको उपसमितिको घोषणा गरेको हो ।

नेकपाका अनुसार जिल्ला कमिटि सदस्य भिम राई ज्वालाको संयोजकत्वमा ५१ सदस्यीय उपसमिति समेत गठन गरिएको छ । उपसमितिको सहसंयोजकहरुमा किसोर कुमार कार्की, जनकऋर्षि राई र श्रीशिशा राई छन् । अन्य सदस्यहरु छन् ।

यस्तै, अग्रज पत्रकार किसोरकुमार कार्की संयोजक रहेको प्रचार प्रसार तथा प्रकाशन अनुगमन समिति पनि गठन भएको छ । अनुगमन समितिमा देवेन्द्र कार्की, गंगा बराल, निलिफा सुव्वा, आनन्द श्रेष्ठ, राजेश विद्रोही, प्रदिप मेन्यांवो, किशोर थुलुङ, गिरीराज अधिकारी र सागर भट्टराई सदस्य रहेको प्रचारप्रसार तथा प्रकाशन उपसमिति संयोजक भिम राई ज्वालाले जानकारी दिए ।

यो पनि पढ्नुहोस्
को हुन् प्रकाश राई ?

नेकपा उम्मेदवार प्रकाश राईको चुनावी अभियान तथा गतिविधिहरुलाई मिडिया तथा विभिन्न माध्यममार्फ प्रचारप्रसार गर्न उपसमिति गठन गरिएको उक्त पार्टीले जनाएको छ ।

संयोजक राईका अनुसार १७ सदस्यीय उपसमिति सचिवालय गठन गरिएको छ । साथै, विभिन्न १५ वटा बिषयगत समिति गठन गरेर उपसमितिमा आवद्ध पत्रकारहरुलाई जिम्मेवारी बाँडफाट गरिएको पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७