सामाजिक सुरक्षा कोषले एक करोडसम्म ऋण दिने


२२ कार्तिक २०७६, शुक्रबार
157321107374524225 2373842299531041 3203

काठमाडौं, २२ कात्तिक । सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मको ऋण दिने भएको छ।

शुक्रबार सिंहदरबारमा गैर सरकारी संस्था महासंघ, उपभोक्ता महासंघ, कर्मचारी संचय कोष लगायतका पदाधिकारीहसँगको छलफलमा मन्त्री बिष्टले विभिन्न शिर्षकमा कोषले १ करोडसम्म ऋण दिने बताएका हुन्।

‘सामाजिक सुरक्षाको कस्तो सिद्धान्त, कस्तो दर्शनमा आधारित छ भन्नेकुरा भन्दा पनि ऋण चाहियो त्यसपछि मात्र सामाजिक सुरक्षा कोषमा आउछौ भनेर एकदमै दवाव आएको कारणले ऋण प्रवाह गर्ने कार्यविधी हामीले तयार गरेका छौ,’उनले भने।

कोषले घरजग्गा लोनको लागि बढीमा १ करोड सम्म, शैक्षिक लोनको लागि बढीमा ३५ लाख सम्म लगायत लोनको व्यवस्था मिलाउने उनले जानकारी दिए।

त्यसअवसरमा मन्त्री विष्टले सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको स्वीकार गर्दै त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिने पनि बताए ।

कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जितराम लामाले सामाजिक सुरक्षा कार्यक्रम अनौपचारिक क्षेत्रमा काम गर्नेहरुका लागि अति उपयोगी भएको उल्लेख गर्दै त्यसको प्रचार अभियानमा जोड दिन सरकारलाई सुझाव दिएका थिए ।

अध्यक्ष लामाले अनौपचारिक क्षेत्रमा ३ महिना काम गरेर वर्ष दिनसम्म जीवन यापन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनीहरुको सेवा र सुविधाको उचित व्यवस्थापन हुने गरी सामाजिक सुरक्षाको प्रबन्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७