प्रदूषण फैलाउने संस्था कारबाहीमा, रोग निदान गर्ने अस्पताल नै कारवाहीमा


२३ कार्तिक २०७६, शनिबार
sui

काठमाडौं, २३ कार्तिक । देशभरका २६ विभिन्न अस्पताल र उद्योग प्रतिष्ठान वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका छन् । वातावरण विभागले ती अस्पताल र उद्योग प्रतिष्ठानलाई कारबाही गरेको हो ।

रोग नियन्त्रण गर्ने निकाय नै वातावरण प्रदूषण गर्न सक्रिय रहेको वातावरण विभागको तथ्याङ्कले देखाउँछ । २६ मध्ये १२ वटा अस्पताल वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका हुन् ।

सरकारले तोकेको मापदण्ड विपरीत धुलो, धुवाँ र अन्य प्रदूषण उत्पादन गरेबापत ती उद्योग प्रतिष्ठान कारबाहीमा परेको वातावरण निरीक्षक गोविन्द लामिछानेले जानकारी दिए ।

कारबाहीमा परेकामध्ये पनि काठमाडौंमै रहेका अस्पताल धेरै छन् । त्यस्तै दुई वटा क्रसर उद्योग कारबाहीमा परेका छन् । अस्पतालहरूले मानव स्वास्थ्यलाई हानि पुर्‍याउने फोहोरको उपचार नै नगरी जथाभावी फालेको भेटिएको लामिछानेले बताए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७