डा. केसीको बिग्रियो स्वास्थ्य, अस्पताल भर्ना


२३ कार्तिक २०७६, शनिबार
govinda

डडेलधुरा, २३ कार्तिक । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अस्पताल भर्ना गरिएको छ ।

सोमबारदेखि डडेलधुरामा १७ औं चरणको अनशन शुरु गरेका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो ।

डाक्टर केसीको रक्तचाप तलमाथि भइरहेकाले उनको सहमतिमा अस्पतालमा भर्ना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जीतेन्द्र कँडेलले जानकारी दिए ।

प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको डाक्टर कँडेलले बताए । चिसोका कारण डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएको उनका भाइ किशोरले बताए । डाक्ट केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए । सात बुँदे माग राखी डाक्टर केसीले कात्तिक १८ देखि अनशन थालेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७