सुत्केरी श्रीमतीको उपचार गराउन आएका सुनारले अस्पतालमै गरे आत्महत्या


२३ कार्तिक २०७६, शनिबार
susite

चितवन, २३ कार्तिक । श्रीमतीलाई सुत्केरी गराउन अस्पताल आएका एक युवकको शव चितवनको भरतपुर अस्पतालमा फेला परेको छ ।

लमजुङ दूधपोखरी गाउँपालिका–२ का २३ वर्षीय विष्णुबहादुर सुनारले अस्पतालको मेडिकल वार्डको श भर्‍याङमा झुण्डिएर शुक्रबार आत्महत्या गरेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनले आफूसँग भएको लामो रुमालेको पासो लगाएको प्रहरीले बताएको छ ।
सुनार श्रीमतीको उपचारका लागि अस्पताल आएका थिए । डेढ महिनाअघि उनकी श्रीमतीले बच्चा जन्माएकी थिइन् । सुत्केरी श्रीमती बिरामी भएपछि सुनार अन्य दुई जना अभिभावकहरुका साथ उपचारका लागि भरतपुर अस्पताल आएका थिए ।

सुनारको आत्महत्या सम्बन्धमा विस्तृत सोधखोज र अनुसन्धान बाँकी रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी शालिग्राम पौडेलले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७