अमेरिकी राष्ट्रपतिको उम्मेद्वारमा न्यूयोर्कका पूर्व मेयर ब्लूमवर्ग


२३ कार्तिक २०७६, शनिबार
meyar

काठमाडौं, २३ कार्तिक । अमेरिकाको न्यूयोर्क शहरका पूर्व मेयर माइकल ब्लूमवर्गले आसन्न राष्ट्रपति निर्वाचनका लागि डेमोक्र्याटिकक पार्टीको तर्फबाट उम्मेद्वारी दिने तयारी गरेका छन् ।

उनले निर्वाचन आयोगमा प्राथमिक निर्वाचनका लागि आवश्यक प्रक्रिया पूरा गरेको जनाइएको छ । यो कदमले आगामी वर्ष हुने राष्ट्रपतिय निर्वाचनको दौडमा सामेल हुने संकेत रहेको बताइएको छ ।

७७ वर्षीय ब्लूमबर्गले भने आफू चुनावी दौडमा जाने संकेत गरेकोबारे औपचारिक रुपमा पुष्टि गरेका छैनन् । अर्बपति ब्लूमबर्ग चुनावी प्रतिष्पर्धामा आए राष्ट्रपति ट्रम्पलाई चुनौती दिने आंकलन गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७