‘टुँडिखेल कसको विर्ता ? अब लिनेछ जनताले फिर्ता’ {भिडियाेसहित}


२३ कार्तिक २०७६, शनिबार
Tundikhel aaviyan

काठमाडौं, २३ कार्तिक । अनधिकृत रुपमा टुँडिखेल कब्जा गरिएको भन्दै विरोधमा काठमाडौ उपत्यकावासीहरुले शनिबार बिशेष अभियान संचालन गरेका छन् । शनिबार टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर टुँडिखेल लगागतका खुला र सार्वजनिक स्थान अतिक्रमणको विरोधमा अभियान सुरु गरिएको हो ।

काठमाडौंको मुख्य स्थानमा रहेको एकमात्र विशाल खुल्ला स्थान टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिएको थियो । ‘अकुपाई टुँडिखेल’ अभियानले मानव साङ्लो बनाएर खुल्ला स्थान टुंडिखेल घेरिएको हो ।

सांस्कृतिक तथा प्राकृतिक धरोहर जोगाउन भन्दै उनीहरुले हरियो रिवनले टुंडिखेल घेरेर मानव साङ्लो बनाएर सांकेतिक बिरोध गरेका हुन् । पछिल्लो समय टुंडिखेललाई फोहोरमैला थुपार्ने, विभिन्न भौतिक संरचना बनाउनका लागि आवश्यक सामाग्री थुपार्ने स्थानको रुपमा परिणत गरीएको छ ।

विश्व स्वतन्त्रता दिवसको अवसर पारेर टुँडिखेलमा मानव साङ्लो बनाएर अभियानको औपचारिक सुरुवात गरीएको हो । तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिएको अभियानले जानकारी दिए ।

उनीहरुले ‘टुँडिखेल कसको विर्ता ? अब लिनेछ जनताले फिर्ता’ ‘पुर्खाको नासो जनताको हक’, ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । सर्वसाधारणहरुले पनि यो अभियानमा साथ दिएका छन् ।

टुँडिखेललाई कुनै समय एसियाकै ठूलो परेड मैदानको रुपमा लिइन्थ्यो । तर सर्वसाधरणको लागि सधै खुल्ला हुने खुल्ला स्थान टुँडिखेल अहिले सार्वसाधारणको पहुँचमा छैन । बिभिन्न बाहना र नाममा टुंडिखेल अहिले अतिक्रमित भएको छ । कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनाइएको छ ।

त्यसैगरी विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले पनि टुंडिखेल संरक्षण अभियानमा ऐक्यवद्धता जनाएका छन् ।

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधानले अकुपाई टुँडिखेललाई साथ दिएका छन् ।

अकुपाई टुडिखेलमा जनतादेखि जनप्रतिनिधिसम्म सहभागी छन् । उनीहरुले पूर्खाको नासो जनताको हक, टुंडिखेल खाली गरजस्ता नारा लगाउँदै सरकारलाई टुँडिखेल खाली गर्न दबाव दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७