रोहित पौडेलको कप्तानीमा उत्रिएको नेपाललाई एमसीसीद्वारा १९० रनको लक्ष्य


२३ कार्तिक २०७६, शनिबार
rohit kumar paudel

काठमाडौं, २३ कात्तिक। रोहित पौडेलको कप्तानी उत्रिएको नेपालको मिश्रीत टोलीलाई मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपाललाई टी–२० क्रिकेट खेलमा १९० रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८९ रन बनाएपछि नेपालले ठूलो लक्ष्य पाएको हो ।

   एमसीसीका लागि बिली गोडलम्यानले ३० बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ५४ रनको योगदान दिए । उनलाई राशिद खानले १२ ओभरको तेस्रो बलमा लङअफमा भिम सार्कीबाट उत्कृष्ट क्याच गराउँदै पेभिलिएन फर्काए । त्यस्तै एड योङले ४२ रनमा क्याच आउट भए ।

उनलाई अभिनास बोहोराले अन्तिम ओभरको पाँचौ बलमा भिम सार्कीबाट क्याच आउट गराए । कमलसिंह ऐरीले तेस्रो ओभरको पाँचौ ओभरमा ओपनर माइल्स हमान्डलाई ३३ रनमा आउट गरे । उनले १३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । राशिद खानले पाँचौ ओभरको चौथो बलमा टम वेस्ट्लीलाई ८ बलमा ३ चौका सहित १३ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराए ।

राशिद खानले सातौं ओभरको दोस्रो बलमा कप्तान जिमी एडम्सलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच आउट गराए । जितेन्द्र मुखियाले आठौं ओभरको पाँचौ बलमा भिम सार्कीबाट विल रोड्सलाई १ रनमा क्याच आउट गराए ।

सुसन भारीले १५ ओभरको पहिलो बलमा कुशलबाट विल भानडसपारलाई ४ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए ।

नेपालका लागि राशिद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । कमल सिंह ऐरीले ४ ओभरमा ४८ रन १ विकेट । जितेन्द्र सिंह मुखियाले ४ ओभरमा ५५ रन १ विकेट लिए । सुसन भारीले ४ ओभर १५ रन १ विकेट लिए । अभिनास बोहोराको नाममा १ विकेट रह्यो । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७