सागका लागि नेपाली महिला फुटबल टोलीको घोषणा


२३ कार्तिक २०७६, शनिबार
nepali team Sm0ff2awgp

काठमाडौं,२३ कात्तिक । नेपालमा आयोजना हुन गइरहेको दक्षिण एसियायी खेलकुदका लागि नेपाली महिला टोलीको घोषणा भएको छ।


आगामी मंसिर १५ गतेबाट सुरु हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) का लागी २० सदस्यीय महिला फुटबल टोली घोषणा गरेको छ। अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार निरु थापाको कप्तानमा खेलाडी छनोट गरेको हो। नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले अन्तिम २० सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्।

नेपालले काठमाडौ र पोखरामा डिसेम्बर १ देखि १० सम्म दक्षिण एसियाली खेलकुद आयोजना गर्दै छ। प्रतियोगिता हुनु भन्दा ३ हप्ता अगाडि नै नेपाली टोलीको घोषणा गरिएको हो।
सन् २०१० को ११औँ सागबाट महिला फुटबलसमेत समावेश गरिएको छ। जसको अघिल्ला २ वटा संस्करणमा नेपाल भारतसँग पराजित बन्दै रजत पदक प्राप्त गरेको थियो। घरेलु भूमिमा पहिलो पटक स्वर्ण जित्ने लक्ष्यका साथ झन्डै ४ महिनादेखि तयारीमा जुटेको थियो। सागको महिला फुटबल आयोजना स्थल पोखरामै टोलीले अभ्यास गरिरहेको छ।

नेपाली टिम

गोलकिपर : एन्जिला तोम्बाफो, एन्जिला राना मगर, उषा नाथ

डिफेन्डर : गीता राना, पुनम जर्घा मगर, अमृता जैसी, हिरा कुमारी भुजेल, कबिता धिमाल, मनमाया लिम्बू, पुजा राना

मिडफिल्डर: रेनुका नगरकोटे, दीपा राई , सरु लिम्बू, इन्दिरा राई , अनिता बस्नेत, मन्जली कुमारी योन्जन, बिमल चौधरी

फर्वाड: सावित्री भन्डारी, निरु थापा, अनिता केसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७