कालापानी र लिपुलेकबारे साझा धारण बनाउन बालुवाटारमा सर्वपक्षीय छलफल हुँदै


२३ कार्तिक २०७६, शनिबार
sarba pachhiya chalphal

काठमाडाैं, २३ कार्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सीमा विवादबारे सर्वपक्षीय छलफल सुरू भएको छ। 

भारतले आफनो नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक समेटेपछिको परिस्थितिबारे छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक बोलाएको हो ।

शनिबार अपरान्ह सुरू भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, सरकारका मन्त्रीहरू, सीमाविदहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न दलका नेताहरू सहभागी छन्।

सबै पक्षसँग छलफल गरी सीमा विवाद अन्त्यका लागि भारतसँग छलफल गर्ने प्रधानमन्त्रीको योजना छ। देशभर २३ ठाउँमा सीमा विवाद छ।

सत्तासीन दल नेकपा र प्रमुख प्रतिपक्ष दलका विद्यार्थी संगठनहरू नै गो ब्याक इण्डिया भन्दै सडकमा निस्किसकेका छन्।  शुक्रबार मात्र लैनचौरको भारतीय दूतावासअगाडि ‘गो ब्याक इण्डिया’ भन्दै विरोध प्रदर्शन भएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवाले भने नेविसंघका नेताहरूलाई निवासमै बोलाएर भारतीय कदमविरुद्ध सडक आन्दोलनमा उत्रन निर्देशन दिइसकेका छन्। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७