पूर्व राष्ट्रपति यादव र पूर्व प्रधानमन्त्री नेपालले भने, ‘राजमार्ग, विमानस्थल निर्माणले चुरे विनाश’


२३ कार्तिक २०७६, शनिबार
madhav

जनकपुर, २३ कार्तिक । पूर्व राष्ट्रपति रामबरण यादव र पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले राजमार्ग र विनानस्थल निर्माण का कारण चुरे क्षेत्र विनाश भइरहेको बताएका छन् ।

जनकपुरमा शनिबार आयोजित नेपाल साहित्य उत्सवमा बोल्दै राष्ट्रपति यादवले चुरे विनाश नरोकिएकोमा चिन्ता व्यक्त गरे । ‘चुरे विनाशका कारण प्राकृतिक विपत्ति सिर्जना भइराखेको छ,’ उनले भने, ‘चुरे संरक्षणमा सरकारीस्तरबाट ध्यान पुग्न सकेन ।’

चुरे क्षेत्र विनाश हुने गरी मदन भण्डारी राजमार्ग र बारा निजगढमा विमानस्थल निर्माण गर्न लागिएकोमा पनि उनले चिन्ता गरेका छन् । ‘अध्ययन विना रेलवे लाइन पनि विस्तार गर्न हुँदैन,’ यादवले भने ।

पूर्व प्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पनि चुरे क्षेत्र विनाश हुनबाट सबैले जोगाउनु पर्ने बताएका छन् । चुरेबाट निस्कने एक सय ६४ नदीनालाको व्यवस्थापन गर्नुपर्ने उनले बताएका छन् । ‘चुरे संरक्षणका लागि कानून कडाइका साथ लागू गरिनु पर्छ,’ उनले भने ।

चुरेसँग मधेशको भाग्य र सिङ्गो मुलुकको भविष्य जोडिएको नेता नेपालले बताएका छन् । ‘चुरे संरक्षणका लागि राज्यस्तरबाटै पहल हुनुपर्छ,’ उनले भने । तोकिएको ठाउँभन्दा तीन किलोमिटर तल विमानस्थल सार्न सके चुरे जोगिने उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७