धरानमा प्रकाश राईलाई जिताउन मजुदरहरू परिचालित हुँदै

भीमज्वाला राईको नेतृत्वमा मजदुर परिचालन उप समिति


२३ कार्तिक २०७६, शनिबार
dharan nirbachan 2

धरान, २३ कार्तिक ।  धरानमा नेकपाका उम्मेद्वार प्रकाश राईलाई जिताउन भीमज्वाला राईकाे नेतृत्वमा  १ सय १४७  सदस्यीय मजदुर परिचालन उपसमिति घोषणा भएको छ ।  आगामी १४ गते हुन गईरहेको उप निर्वाचनमा  उम्मेद्वार राईलाई जिताउन मजदुरहरूकाे उपसमिती  घाेषणा भएकाे हाे ।

उपसमितिको घोषणा गर्दै मजदुर परिचालन उपसमितिका संयोजक भीमज्वाला राईले अब धरानका मजदुरहरु मैदानमा परिचालन हुने बताए ।

धरानमा रहेको दुईवटै ट्रेडिङ युनियन महासंघहरु जिफन्ट र अन्टुफ आवद्ध मजदुरहरुको एक भेलाले जिफन्ट राष्टिङय कमिटी सदस्य तथा नेकपा सुनसरी सदस्य भीमज्वाला राई संयोजक रहेको मजदुर परिचालन उप समिति घोषणा गरेको हो ।

उपसमितिको सहयोजकहरुमा मुक्तिनाथ गिरी, शमशेर बर्देवा, ईन्द्र सुवेदी, यामकला मग्राती, लिला प्रधान रहेको छ । सदस्य सचिव लक्ष्मी बांनिया क्षेत्री रहेका छन् यातायात, निर्माण क्षेत्र, उद्योग, सरसफाई, सुरक्षा, स्वरोजगार लगायतका क्षेत्रका मजदुरहरु रहेको उपसमितिको अनुगमन गर्नका लागि मोतीराज सुनुवार, फिपराज वेघा, रंगलाल गिरी, प्रेमगैगा गिरी, शिव तामाङ, सिंहवहादुर पराजुली,भीम गोले र बसन्त पाख्रीन रहेको अनुगमन समिति रहेको छ ।

dharan nirbachan 1

विभिन्न क्षेत्रमा काम गर्ने करिव ३० हजार मजदुरहरु बसोबास गर्ने धरानमा मजदुरहरुको साथ, सहयोग र अमुल्य मत नेकपाका उमेद्वार प्रकाश राईलाई हुने उपसमितिका संयोजक भीमज्वाला राईले बताए ।

यसका लागि विभिन्न ९ वटा उप समितिहरु निर्माण गरेर मजदुरहरुको घरदैलोमा उप समिति परिचालित हुने पनि राईले बताए ।

यो पनि पढनुहोस्
धरानमा प्रकाशलाई जिताउन ज्वालाको नेतृत्वमा प्रचारप्रसार उपसमिति
को हुन् धरानकाे उम्मेद्वार प्रकाश राई ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७