लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, भारतलाई सम्झाएर फिर्ता लिन्छौं : प्रधानमन्त्री


२४ कार्तिक २०७६, आईतवार
PM KP Sharma oli


काठमाडौं, २३ कात्तिक :  प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा सहित कालापानी क्षेत्र नेपालको भू-भागको भएको भन्दै त्यो बिषय भारतलाई सम्झाएर फिर्ता लिने बताएका छन् । भारतलाई मैत्रीपूर्ण ढंगले तथ्य, तथ्यांक राखेर सम्झाउने र आफ्नो भू-भागफिर्ता लिने उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले सिमाविवादको बिषयमा आयोजना गरेको सर्वपक्षीय बैठकमा सिमा विवादका समस्या समाधान गर्न राष्ट्र नै एकजुट हुनुपर्ने बताए । ‘सरकार यही राष्ट्रिय भावनालाई दृढता र स्पष्टताकासाथ कुटनीतिक रुपमासिमाका समस्या समाधानगर्न अग्रसर रहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सिमाकाविवादका समस्या समाधानगर्न राष्ट्र नै एकजुट हुनुपर्दछ ।’

प्रधानमन्त्री ओलीले अहिले भारतको व्यवाहारमा परिवर्तन आएको बताए । उनले भने, ‘भारतको व्यवहारमा परिवर्तन आएको छ । हिजो सिमानामा बाटो र बाँधबन्थे आजखोल्ने क्रम छ । त्यसैले समस्या समाधानहुनेमा म आशावादी छु ।’

प्रधानमन्त्री ओलीले यस्ता विवादहरुमा अझिल्ने समय नभएको पनि बताए । उनले भने, ‘हामी समग्र दक्षिण एशियामा समृद्धि, विकास र रुपान्तरण देख्न चाहन्छौं । त्यसैले यस क्षेत्रका मुलुकहरुले यस्ता विवादहरुमा अल्झिनु हुदैन । त्सैले नेपालले पर्याप्त तथ्य र प्रमाणहरु सहित कालापानी क्षेत्र नेपालको हो भनिसकेपछि विवादलाई समाधान हाम्रा लागि मात्र होइन भारतका लागि पनि आवश्यक छ ।’

प्रधानमन्त्रीओलीले २१ औं शताब्दीमा हिजोका शैली लागु नहुने बताए । “हिजोकाभाषा र शैली स्विकार्य छैनन् र आज सहनु पर्ने आवश्यकतापनि छैन अब समग्र पक्षको छलफल गरिन्छ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले हालको सिमा विवादको बिषयमा कसैलाई उत्ताउला अभिव्यक्ति नदिन निर्देशन समेत दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७