भरुवा बन्दुकसहित चार जना पक्राउ


२४ कार्तिक २०७६, आईतवार
bharuwa banduk
सांकेतिक तस्विर

बागलुङ, २४ कार्तिक । जिल्ला प्रहरी कार्यालय बागलुङले भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ ।

काठेखोला गाउँपालिका–५ बिहुँबाट प्रहरीले उनीहरुलाई आज पक्राउ गरेको हो । उनीहरुको साथबाट एकनाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–५ का तिलक विक, रमेश घर्ती, खगेन्द्र घर्ती र जगत घर्ती रहेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए । उनीहरुलाई आजै जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७