टेम्पोको ठक्करबाट प्रहरीका सई सख्त घाइते


२४ कार्तिक २०७६, आईतवार
police 1

रौतहट, २४ कार्तिक । रौतहटको कटहरिया बजारमा गस्तीमा रहेका एक जना प्रमुख प्रहरी नायब निरीक्षक (सई) टेम्पोको ठक्करबाट सख्त घाइते भएका छन् ।

मोटरसाइकल गस्तीमा गएका इलाका प्रहरी कार्यालय कटहरियाका सई श्रीनारायण पण्डित टेम्पोको ठक्करबाट गम्भीर घाइते भएका हुन् । शनिवार राती ८ः३० बजे बा ५७ प ३८३९ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका सई पण्डितलाई विपरित दिशाबाट आउँदै गरेको ना २ ह ४२६९ नम्बरको टेम्पोले ठक्कर दिएको हो ।

दुुर्घटनामा परी पण्डितको दायाँ हात भाँचिएको र अनुहारलगायत शरीरका विभिन्न ठाँउमा गम्भीर चोट लागेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सई पण्डितलाई कटहरियाबाट सामान्य उपचारपछि लगत्तै थप उपचारका लागि राती नै वीरगञ्ज पठाइएको छ ।

अत्यधिक मदिरा सेवनगरी तीब्र गतीमा गइरहेको टेम्पोले सई पण्डित चढेको मोटरसाइकललाई ठक्कर दिएपछि सडकछेउमै रहेको बसमा र त्यसपछि नगरपालिकाको कम्पाउण्डवालमा ठोकेको थियो ।

दुर्घटनापछि भागेका टेम्पो चालक कटहरिया–५ का प्रभु साह सोनारलाई सई पण्डितसँगै मोटरसाइकलमा पछाडी बसिरहेका अर्का प्रहरी जवानले नियन्त्रणमा लिएका छन् ।

ठक्कर दिने चालक हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र टेम्पो इलाका प्रहरी कार्यालय कटहरियामा रहेको तथा घटनाबारे अनुुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवीन कार्कीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७