विद्युत् खरिद सम्झौता नवीकरण


१३ पुष २०७४, बिहीबार
bijuli

काठमाण्डौं : नेपाल विद्युत् प्राधिकरण र भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभीएन) लिमिटेडबीच आगामी चैत १५ गतेसम्मका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको छ । bijuli

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभीएनका प्रमुख कार्यकारी अधिकृत एके गर्गबीच भारतको नयाँदिल्लीस्थित ऊर्जा मन्त्रालयमा उक्त सम्झौताको नवीकरण भएको हो । उक्त सझौता नवीकरणका लागि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगायतको उच्चस्तरीय टोली नयाँ दिल्ली प्रस्थान गरेको थियो । कार्यकारी निर्देशक घिसिङले आगामी तीन महिनाका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको जानकारी दिएका छन् । सो क्रममा प्राधिकरणका निर्देशक घिसिङ, भारतीय ऊर्जा मन्त्रालयका अधिकारी र एनभिभीउएनका अधिकारीबीच विद्युत् आयात, अन्तरदेशीय प्रशारण लाइन निर्माणलगायत विषयमा छलफल भएको थियो ।

ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रशारणलाइनबाट आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता यही पुस १६ गतेदेखि सकिँदैछ । ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट पाँच रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारुमा आयात भइरहेको छ । भारतबाट नेपालले यस हिउँदका लागि करीब ३७० मेगावाट विद्युत् खरिद गर्ने योजना बनाएको छ । विद्युत् प्रवाहमा सहजता ल्याउनका लागि समेत थप विद्युत् जरुरी रहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७