विप्लवको भारतविरोधी प्रदर्शनमा स्कुलको पोसाकमा विद्यार्थी, दर्जन विद्यार्थी पक्राउ

ठूलालाई प्रहरीले पक्रेपछि साना अलपत्र


२४ कार्तिक २०७६, आईतवार
biplaw

काठमाडौं, २४ कात्तिक । भारतले जारी गरेको विवादित नक्साविरुद्धको प्रदर्शनमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले स्कुले विद्यार्थी प्रयोग गरेको छ ।

कालापानी र लिपुलेक समेटेर भारतले जारी गरेको नयाँ नक्साविरूद्ध प्रदर्शन गर्ने नेत्रविक्रम चन्द ‘विप्लव’ समर्थित विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आज (आतबार) दिउँसो काठमाडौंको माइतीघर मण्डलमा विप्लवको विद्यार्थी संगठन अखिल क्रान्तिकारी काभ्रेको नेतृत्वमा प्रदर्शन भएको थियो । प्रहरीले दर्जन बढी विद्यार्थीलाई पक्राउ गरेको छ । प्रदर्शन गर्नेहरू विद्यालयको पोशाकमा आएका थिए ।

विप्लवको विद्यार्थी संगठनले कोटेश्वरको सरस्वती माध्यामिक विद्यालयमा गएर कक्षा ९ र १० मा पढ्ने विद्यार्थीलाई प्रदर्शनमा ल्याएको थियो । विप्लवको प्रदर्शनमा आएकाहरू पक्राउ परेपछि साना विद्यार्थीहरू माइतीघरमा अलपत्र परेका छन् ।

उक्त विद्यालयमा नौ कक्षामा पढ्ने विद्यार्थी राजेन्द्र बोहोरा उमेश श्रेष्ठले भने, ‘हामीलाई नचिनेको एक जना दाइ र हेडसरले आएर जुलुसमा जान भन्नु भयो । अनि हामी आएका हौं ।’ उनले भारतको नक्साको विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । उनले ती दाइले सिकाए अनुसार आफूहरु यहाँ आएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७