गगन थापाको क्षेत्रमा एमालेबाट राजन भट्टराई चुनाव लड्ने


१६ आश्विन २०७४, सोमबार
gagan thapa n rajan vhatarai

काठमाडौं: गगन थापाको क्षेत्रमा एमालेबाट सांसदमा राजन भट्टराई चुनाव लड्ने भएका छन् । एमालेको प्रतिनिधि सभा काठमाडौं ४ नम्बर क्षेत्रीय समन्वय कमिटीले केन्द्रीय सदस्य राजन भट्टराईलाई उक्त क्षेत्रको सांसद उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस युवा नेता गगन थापाले चुनाव लड्ने क्षेत्र पनि त्यही हो ।gagan thapa n rajan vhatarai

उनी हाल नेपाल-भारत प्रबुद्ध समूहका सदस्य तथा एमालेका समानुपातिक सांसद छन् ।लन्डन विश्वबिद्यालयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडीबाट अन्तर्राष्ट्रिय राजनीति तथा कूटनीतिक अभ्यासमा स्नातकोत्तर उत्तीर्ण भट्टराईले नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् ।

बिद्यार्थी राजनीति हुँदै एमाले राजनीतिमा प्रवेश गरेका हुन्, उनी । एमाले विदेश विभाग सचिव, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको विदेश मामिला सल्लाहकार भट्टराई अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिका विज्ञ पनि हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७