५१ दिनमा ‘कबड्डी कबड्डी कबड्डी’, कमाई १४ करोड


२४ कार्तिक २०७६, आईतवार
kabaddi kabaddi kabaddi 1

काठमाडौं, २३ कार्तिक । रामबाबु गुरुङले निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले सफलतापूर्व ५१ औं दिन पार गरेको छ । असोज ३ गतेदेखि रिलिज भएको फिल्म शनिबार राजधानीको बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण गरी ५ हलमा ५१ औं दिन पार गरेको हो ।

५१ दिन पार गरेसँगै वितरक कम्पनी स्टेशन फाइभले फिल्मको कलेक्सन रिपोर्ट पनि सार्वजनिक गरेको छ । फिल्मले ५१ दिनसम्ममा १४ करोड ग्रसको आँकडा नाघेको बताएको छ । यस वर्षको असोजसम्म कुनै फिल्मले यो आँकडा छुन सकेका छैन् ।

निर्देशक गुरुङले ५१ दिन पार गरेपछि सेलिब्रटिङ ५१ डेज वाला फोटो पोष्ट गर्दे सम्पुर्ण दर्शकलाई धन्यवाद दिएका छन् ।

‘कबड्डी ३’ यस वर्ष ५१ दिन मनाउने तेस्रो फिल्म पनि बनेको छ । यसअघि ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ ले ५१ दिन मनाउन सफल भएका थिए । ‘कबड्डी’ सिरिजमा सबैभन्दा ठूलो व्यापार गर्ने फिल्म हो ।

अघिल्ला दुई सिरिजले बक्सअफिसमा ७ करोडभन्दा बढी छाप्न सकेका थिएनन् । ब्रान्ड नामका कारण फिल्मले हलमा लामो यात्रा तय गर्न सफल भएको हो ।

फिल्मले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेको छ ।

‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणी नेपाल, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।

मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारको लगानी रहेको फिल्ममा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ ।

५१ दिने प्रर्दशन पार गर्ने यस बर्ष पहिला झरना थापाको ‘ए मेरो हजुर ३’ र मह जोडीको ‘दाल भात तरकारी’ ५१ दिन मनाउन सफल भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७