राष्ट्रिय शिक्षा नीति मौलिकतारहित भएको आरोप


२४ कार्तिक २०७६, आईतवार
giriraj mani pokharel

काठमाडौं २४ कात्तिक । सरकारले हालै जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ मौलिकतारहित रहेको मौलिक जरोकिलो पार्टीले जनाएको छ ।

उक्त नीति मन्त्रिपरिषद्ले यही कात्तिक १८ गते स्वीकृत गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कात्तिक २१ गते सार्वजनिक गरेको उक्त नीतिको मूल स्वरुपमा मौलिकता नदेखिएको पार्टीका प्रवक्ता लीलाबहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाउने जुन लक्ष्य तोकिएको थियो, त्यो पूरा गर्ने कुनै ठोस योजना यस नीतिमा छैन’, उनले भने । उक्त नीतिमा देशका मौलिक रैथाने धर्म, संस्कार, संस्कृति, सभ्यतासम्बन्धी मूल्य तथा मान्यता, प्रविधि एवं सीपलाई प्राथमिकता नदिइएको उक्त पार्टीका केन्द्रीय संयोजक सुशील गौतमले बताउ ।

‘नेपालका संस्कृत, नेपाली भाष एवं मातृ भाषाका पक्षमा कुनै योजना नहुनु, गुरुकुल एवं गुम्बालगायत शिक्षाको विकासमा सरकारको दृष्टि नपुग्नु र शिक्षण संस्थामा समुदायको स्वामित्व एवं व्यवस्थापन सुनिश्चित गर्ने सोच नदेखिनु आपत्तिका कुरा हुन्’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७