ऋतिक रोशनलाई मन पराएको भन्दै श्रीमतीको हत्या


२४ कार्तिक २०७६, आईतवार
ritik

वासिंगटन, २४ कात्तिक । कलाकार धेरैका लागि प्रिय हुन्छन् । मानिसपिच्छे रोजाइका कलाकार पनि हुन्छन् । मन पराएका कलाकारसँग नजिक हुने मौका मिलेको खण्डमा अटो लिन समेत धेरै अगाडि सर्छन् ।

तर, बलिउड अभिनेतालाई मन पराएकै कारण एक महिलाले भने ज्यान गुमाउनु परेको छ । अमेरिकामा एक व्यक्तिले श्रीमतीले बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएको भन्दै हत्या गरी आफैले समेत आत्महत्या गरेका छन् ।

बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण ती व्यक्तिले श्रीमती हत्या गरेको न्युयोर्क पोस्ट समाचार लेखेको छ ।

३३ वर्षका दिनेश्वर बुद्धिदत्तले श्रीमती २७ वर्षकी डोनी डाजोयको हत्या गरेका हुन् । श्रीमतीलाई धारिलो छुराको प्रहारबाट हत्या गरेपछि बुद्धिदत्तले श्रीमती डोजोेयको बहिनीलाई आफूले डाजोयको हत्या गरेको म्यासेजमा बताएका थिए ।

त्यसपछि उनी आफैंले झुण्डिएर आत्महत्या गरेका थिए । बलिउड अभिनेता ऋतिक रोशन मन पराउने डोजोय र बुद्धिदत्तबीच सोही विषयमा विभिन्न समयमा विवाद समेत भएको जनाइएको छ । उनीहरु यसै विषयमा विवाद भएर प्रहरीसम्म पनि पुगेको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७