बालकोटमा ओली–प्रचण्ड : पार्टी एकीकरण प्रक्रिया शुरु


१३ पुष २०७४, बिहीबार
prachanda and oli

काठमाण्डौं : निकै चासोका साथ हेरिएको नेकपा (एमाले) र माओवादी केन्द्र बीचको पार्टी एकता शूरू हुने भएकाे छ । पछिल्लो समय एकीकरणबारे विभिन्न अडकलबाजी चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्ष कमल दाहाल ‘प्रचण्ड’ एमालेको अध्यक्ष केपी ओली निवास पुगेका छन् । prachanda and oli
प्रचण्ड चितवनबाट फर्केपछि ओली निवासमा भेटवार्ता भएको हो ।  एमाले र माओवादी केन्द्रले पार्टी एकताको संगठनात्मक र वैचारिक राजनीतिक मोडालिडीको विषयमा छलफल सुरु गरेका छन् । दुवै पार्टीका अध्यक्ष तहमा संगठनात्मक मोडालिडी र दोस्रो तहका नेताबीच वैचारिक राजनीतिक छलफल गर्ने गरी एकताको गृहकार्य अगाडि बढेको हो।

 बैठक मूल नेतृत्वको व्यवस्थापनसहित संगठनात्मक मोडालिटीको विषयमा छलफल भएको थियो। मोडालिटीको खाकाका विषयमा भने दुवै नेताले खुलाएका छैनन्। यो विषयमा एकता संयोजन समितिको बैठक बस्नुअगाडि बिहीबार नै ओली र दाहालबीच थप छलफल हुने स्रोतले बतायो।

बैठक दुई–चार दिनमै पार्टी एकता संयोजन समितिको वार्ता गर्ने सहमतिका साथ सकिएको छ । समितीमा एमालेका माधवकुमार नेपाल, झलनाथ खनाल र ईश्वर पोखरेल तथा माओवादीका नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालगायतका नेता छन् ।

यस्तै बालकोटस्थित ओली निवासमा भएको भेटघाटमा नयाँ सरकार गठनका लागि बाटो खुल्ला गर्न देउवा सरकारलाई आग्रह गर्ने, निर्वाचन आयोगलाई समानुपातिक मत परिणाम छिटो सार्वाजनिक गर्न आग्रह गर्ने र एक वा दुई दिनभित्र पार्टी एकता संयोजन समितिको बैठक बस्नेलगायतका विषयमा छलफल भएको छ ।
सरकार गठन, राष्ट्रिय सभा गठन र पार्टी एकीकरणका बारेमा उठेका आशंका भ्रमपूर्ण रहेको र एकीकरणमा दुई दलबीच कुनै विमती नरहेको विषयमा कुरा भएको माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिए ।
राष्ट्रियसभा निर्वाचनलाई देखाएर सरकार नछाड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको कदमप्रति दुवै नेताले असन्तुष्टि जनाएका छन् । ‘नयाँ जनादेश प्राप्त भएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने विषयमा कुराकानी भएको थियो,’ बैठकपछि तिमल्सिनाले भने, ‘निर्वाचन आयोगले नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्नेमा पनि दुवै नेताहरुबीच छलफल भएको छ ।’
प्रचण्ड चितवनमा रहँदा आएका अभिव्यक्तिले एमाले–माओवादीबीचको एकतामा शंका–उपशंका पैदा भएको थियो । ओली–प्रचण्डको यो भेटघाटलाई सर्वसाधरणले पार्टी एकताको थालनी हुने चासोका साथ हेरेका थिए ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा साझा घोषणापत्रसहित गठबन्धन बनाएर भाग लिएका दुवै दलबीच एकीकरण गर्ने घोषणा गरेका छन् ।तर प्रक्रिया भने अघि बढ्न सकेको छैन् । दुई नेताबीच एकीकरणपछिको नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यनीति, रणनीति तथा सांगठनिक संरचनाका बारेमा पनि छलफल भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७