धाँधलीको आरोप लागेका बोलिभियाका राष्ट्रपतिले दिए राजीनामा


२५ कार्तिक २०७६, सोमबार
boliviya

बोलिभिया, २५ कार्तिक । बोलिभियाका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएका छन् ।

गत महिना भएको पुनः निर्वाचनपछि विवादमा आएका राष्ट्रपति मोरालेसले पदबाट राजीनामा दिएका हुन् । अन्तर्राष्ट्रिय निर्वाचन पर्यवक्षेकहरुले बोलिभियामा गत अक्टोबरमा भएको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै पुनः निर्वाचन गर्न दबाब दिएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा सँगसँगै मोरालेसले देशमा पुनः चुनाव गर्ने घोषणा समेत गरेका छन् । बोलिभियाका राजनीतिक दल र सेना तथा प्रहरी प्रमुखहरुले समेत पद छोड्न दबाब दिएपछि मोरालेस राजीनामा दिएका हुन् ।

राष्ट्रपतिको राजीनामा माग गर्दै बोलिभियाका सर्वसाधारणले विरोध प्रदर्शन समेत गरेका थिए । सरकार बिरोधी प्रदर्शनमा राष्ट्रपतिका सहयोगीहरुमाथि आक्रमण हुन थालेपछि उनले टेलिभिजन सम्बोधनमा आक्रमण बन्द गर्न, आगजनी र तोडफोड नगर्न अपील गरेका थिए ।

प्रदर्शन चर्कँदै गएपछि अमेरिकी राज्य संगठनले चुनावी परिणामको अनुगमन गरी त्रुटीपूर्ण रहेको ठहर गरेको थियो । यता राष्ट्रपतिको राजीनमा पछि उपराष्ट्रपति अल्बारो गार्सिया लाइनरा र सिनेटका अध्यक्ष समेतले राजीनमा दिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७