विश्वास जित्दै गोर्खाज फाइनान्स, भव्यताको साथ मनायो रजत जयन्ती


२५ कार्तिक २०७६, सोमबार
gurkhas finance cavar

काठमाडौं, २५ कार्तिक :  गोर्खाली समूहद्धारा सञ्चालित गोर्खाज फाइनान्सले आफ्नो रजत जयन्ती मनाएको छ । आइतबार राजधानीमा भव्य कार्यक्रम गरेर गोर्खाजले २५ औं वर्षिक उत्सव मनाएको हो ।
रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा गोर्खाजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुईवटा विद्यालयलाई ८५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । फाइनान्सका अध्यक्ष यादवचन्द्र राईले माता तिर्थस्थित सेतिदेवी प्राथमिक विद्यालयलाई ५० हजार र भिमसेनगोला माध्यमिक विद्यालयलाई ३५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

gurkhasfinance7
रजत जयन्तीको अवसरमा बोल्दै अध्यक्ष राईले फाइनान्सलाई नेपालकै उत्कृष्ट फाइनान्सका रूपमा स्थापित गर्ने प्रतिवद्धता जनाए ।

फाइनान्सले आफ्ना सेवाग्रहीहरुलाई देशभरीबाट प्रभावकारी रुपमा सेवा प्रभाव गरिरहेको जानकारी दिदै देशकै नमुना फाइनान्सको रुपमा बिकास गरिने बताए ।  फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले यसका थप शाखा बिस्तार गरेर सेवा प्रवाह गरिने बताए । उनले हाल फाइनान्सले प्रवाह गरीरहेको सेवा पनि उत्कृष्ट रहेको भन्दै भबिष्यमा थप व्यवस्थित र प्रभावकारी बनाइने बताए ।

puranjan rai
गोर्खा समूहका संयोजक पुरञ्जन राई
gurkhasfinance 0
अध्यक्ष यादवचन्द्र राई
gurkhasfinance lal badur thing
प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ
gurkhasfinance 12
साल्पा विकास बैकका अध्यक्ष रमेश राई

गोर्खा समूहका संयोजक पुरञ्जन राईले गोर्खा फाइनान्सले थप नाफा कमाउँदै विकास बैकका रूपमा अघि बढाउने योजना साथ अघि बढ्नुपर्ने बताए । संयोजक राईले फाइनान्सलाई राम्रो बनाउनका लागि कर्मचारीको हात रहेने भन्दै इमानदारीसाथ काम गर्ने अनुरोध गरे ।

कार्यक्रममा फाइनान्सका वरिष्ठ प्रवन्धक मुकुन्द श्रेष्ठलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा साल्पा विकास बैकका अध्यक्ष रमेश राईले गोर्खाज फाइनान्सशीत सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।

राष्ट्रिय स्तरको गोर्खाज फाइनान्सले सातवटै प्रदेशमा २३ शाखाबाट सेवा प्रवाह गरिरहेको छ । फाइनान्सले आधुनिक वित्तीय सेवाहरू मोवाइल तथा इन्टरनेट बैङ्किङ, आइपीएस सेवा, डेबिट कार्ड, सि–आस्वा जस्ता सेवाहरू सरल रूपमा प्रवाह गर्दै बैंकका बिजिनेस डेभलपमेन्ट प्रमुख सम्भु राईले बताए ।

gurkhasfinance 14

फाइनान्सको यी सेवाहरु २३ वटै शाखामा उपलब्ध रहेको उनको भनाई छ । गोर्खाज फाइनान्स लिमिटेडको हाल सातै वटा प्रदेशमा आफ्नो शाखा सञ्जाल रहेको छ ।

कार्यक्रमका तस्बिरहरु :-

gurkhasfinance 8 gurkhasfinance 1 1  gurkhasfinance 1 gurkhasfinance 8 1 gurkhasfinance help 1 gurkhasfinance help gurkhasfinance4

फाइनान्सका शाखाहरु रवि, विर्तामोड, दमक, ईटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादि सिराहा, वनेपा, विरगञ्ज, नारायणगढ, पोखरा, लखनचोक बुटवल, बिजौरी दाङ्ग, नेपालगञ्ज, सुर्खेत, चौमाला कैलाली तथा काठमाडौं उपत्याका भित्र डिल्लीवजार, बौद्ध, गोंगबु, न्युरोड, भक्तपुर र सातदोबाटो गरि जम्मा २३ वटा शाखाहरु सञ्चालनमा रहेको छ । निकट भबिष्यमा फाइनान्सले अरु आकर्षक योजनाहरु पनि ल्याउने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७