दक्षिण एसियाली खेलकुदका लागि नेपाली फुटबल टिमको घोषणा


२५ कार्तिक २०७६, सोमबार
nepal fotball team for sag XL48FeCYBU

काठमाण्डौं कात्तिक २५ । नेपालमा डिसेम्बर १ तारिखदेखि आयोजना हुने दक्षिण एसियाली खेलकुल(साग)का लागि नेपाली फुटबल टिमको घोषणा गरिएको छ ।

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार २० सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । टिममा नेपालका ३ सिनियर खेलाडीहरु बिकेश कुथु,बिक्रम लामा र सुजल श्रेष्ठ पनि रहेका छन् ।

सागका लागि नेपाली टिम

गोलकिपर : विकेश कुथु,अर्पण कार्की र दिप कार्की

डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्छेन तामाङ र छिरिङ गुरुङ

मिडफिल्डर : सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा,शेसेहाङ अम्दाङ्बे र तेज तामाङ

फरवार्ड : विमल घर्ती मगर,अभिशेक रिजाल,रेजिन सुब्बा र अन्जन बिष्ट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७